समाचार
आइतबार देशभर सार्वजनिक बिदा
काठमाडौँ । आइतबार अर्थात् पुष २७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । पृथ्वी जयन्तीको अवसरमा सो दिन सार्वजनिक बिदा हुने भएको हो । पृथ्वी जयन्ती जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ । अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस...
इकोसकको ८० वर्ष : नेपाली नेतृत्वमा विश्वव्यापी एजेन्डा र नयाँ मार्गचित्र
न्युयोर्क । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली निकायमध्येको एक ‘आर्थिक तथा सामाजिक परिषद’ इकोसक यतिबेला नेपाली कूटनीतिज्ञको नेतृत्वमा आफ्नो स्थापनाको ८० औं वर्षगाँठ मनाउने तयारीमा जुटेको छ। आगामी २३ जनवरीमा ८०औं वार्षिकोत्सव मनाउन लागेको यस परिषद्को नेतृत्व हाल संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले गरिरहेका छन्...
ट्रम्पद्वारा ३१ निकायबाट बाहिरिने घोषणाप्रति राष्ट्रसंघद्वारा दुख व्यक्त
न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न राष्ट्र संघीय निकायहरूबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति गहिरो दुख व्यक्त गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले आज बिहीबार जारी गरेको वक्तव्यमा अमेरिकी निर्णय प्रति दुख व्यक्त गरिएको हो । वक्तव्यमा महासभाद्वारा स्वीकृत संयुक्त राष्ट्र संघको नियमित र शान्ति...
अमेरिका र भेनेजुएला तनावबारे बोल्यो नेपाल, ‘संयमता अपनाउन आग्रह’
काठमाडौँ । नेपालले अमेरिकासँग भेनेजुएलामा बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जानकारी दिएको छ। मन्त्रालयले अधिकतम संयमता अपनाउन र तनावलाई अझ बढाउने गतिविधिबाट बच्न सबै पक्षलाई आग्रह गरेको छ। विज्ञप्तिमा नेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आव्हानपछि विशेष महाधिवेशनको तयारीका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपरान्ह ४ बजे बैठक बोलाएका छन्। बैठक सानेपास्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि खबर...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा १०० सय रुपैयाँले घटेर प्रतितोला चार हजार...
विशेष महाधिवेशनबाट कांग्रेस फुट्दैन, पहिले म बाहिरिन्छु : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनका कारण कांग्रेस विभाजित नहुने स्पष्ट ठोकुवा गरेका छन्। यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन गर्ने गरी महाधिवेशन प्रतिनिधिहरूले पत्रकार सम्मेलनमार्फत आह्वान गरिसकेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी एकतामाथि कुनै आँच नआउने...
म्यादी प्रहरी भर्ना सुरु, माघ १ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना खुलाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो। सूचनाअनुसार भोलि...
जेनजी प्रदर्शनमा क्षति पुगेका सवारीलाई बागमती सरकारद्वारा कर छुट दिने निर्णय
बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको ‘जेनजी प्रदर्शन’का क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनहरूलाई चालु आर्थिक वर्षका लागि कर, नवीकरण दस्तुर र जरिवानामा पूर्ण छुट दिने निर्णय गरेको छ। प्रदेश सरकारको पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय हालै राजपत्रमा प्रकाशित भएको हो। प्रदेश...
मन्त्री पदबाट कुलमान घिसिङको राजीनामा, रास्वपा मार्फत् राजनीति अघि बढाउने
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएका हुन् । राजीनामा लगत्तै सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफ्नो निर्णयलाई नैतिकता र आत्मसम्मानको लडाइँको रूपमा व्याख्या गरे । उनले भने, ‘पदभन्दा ठूलो मूल्य र सिद्धान्त हुन्छ ।’ जेनजी...










