समाचार
शेयर बजारमा सुधार, राजनीतिक स्थिरताप्रति लगानीकर्ताको आशा
काठमाडौँ । नेपाली शेयर बजारमा आज पनि सुधारको संकेत देखिएको छ । पछिल्लो समय बजार करेक्सनको प्रक्रियामा रहे पनि क्रमशः अघि बढिरहेको छ, जसले लगानीकर्तामाझ उत्साहको वातावरण सिर्जना गरेको छ । पछिल्ला केही साता बजारमा निरन्तर हरियाली देखिनुले लगानीकर्ताको मनोबल बलियो हुँदै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।...
विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यालयमा प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा बाहिर विशेष महाधिवेशनको माग गर्दै प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई कार्यालय प्रवेशमा अवरोध गरेका छन्। प्रदर्शनका क्रममा पार्टीलाई बन्दी बनाउन नहुने भन्दै नाराबाजी गरिएको छ भने केही नेतासँग कार्यकर्ताबीच बाझाबाझ समेत भएको छ। नेपाली कांग्रेस विधानअनुसार चार वर्षभित्र, अर्थात् २०८२ मंसिरसम्म १५औँ महाधिवेशन हुनुपर्ने...
वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो
धार्मिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्यूको अवधि मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ । स्थानीय प्रशासनले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको जनाउँदै कर्फ्यूको समय थप गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि...
महंगो भयो सुनको मुल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेर प्रतितोला चार हजार...
राष्ट्रिय सभा निर्वाचन केन्द्रित एमाले सचिवालय बैठक च्यासलमा जारी
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बिहान पौने १० बजेदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचन, र पार्टीको आन्तरिक संगठनात्मक तयारीबारे छलफल भइरहेको छ। एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले,...
वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थप
काठमाडौँ।धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु आदेशको समय मंगलबार दिउँसो १ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको कर्फ्यु स्थिति सामान्य नबनेपछि थप गरिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान...
भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपप्रति राष्ट्रसंघको गम्भीर आपत्ति
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । आज सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा महासचिवको तर्फबाट राजनीतिक तथा शान्ति स्थापना मामिलाका उपमहासचिव रोजमेरी डिकार्लोले उनको विशेष सम्बोधन प्रस्तुत गरेकी हुन् । संयुक्त...
विशेष महाधिवेशनको औचित्य समाप्त भएको कांग्रेस प्रदेश सभापतिहरूको दाबी
नेपाली कांग्रेसका पाँच प्रदेशका सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका छन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेशका सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूर पश्चिम प्रदेशका सभापति बिरबहादुर बलायरले संयुक्त विज्ञप्ती जारी...
विश्व–सञ्जय बज्जिका साहित्य पाण्डुलिपि पुरस्कारका लागि कृति आह्वान
रौतहट। बज्जिका साहित्य संगम, रौतहटले पहिलोपटक विश्व–सञ्जय बज्जिका साहित्य पाण्डुलिपि पुरस्कार–२०२६ प्रदान गर्ने घोषणा गर्दै कृति आह्वान गरेको छ। संगमको व्यवस्थापनमा सञ्चालित विश्व–सञ्जय बज्जिका साहित्य कोषको अक्षय कोषबाट प्राप्त हुने ब्याजमार्फत सन् २०२६ का लागि १५ हजार नेपाली रुपैयाँ राशिको यो पुरस्कार प्रदान गर्न लागिएको हो। बज्जिका भाषाको श्रीवृद्धिमा...
आयोगद्वारा बयानपछि पूर्व प्रधानमन्त्री ओलीको स्थानहद फुकुवा
काठमाडौँ। जेनजी आन्दोलन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ। ओलीको स्थानहदको फुकवासँगै आयोगले स्थानहद लगाएका सबै व्यक्तिहरुको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित आयोगको आजको बैठकले सोधपुछको प्रक्रिया सकिएसँगै स्थानहद फुकुवा...









