समाचार

सन् २०२६ इकोसक साझेदारी मञ्चका लागि परामर्श सम्पन्न, प्रतिवेदन सार्वजनिक 

न्युयोर्क– आगामी २७ जनवरी २०२६ मा न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन लागेको २०२६ इकोसक साझेदारी मञ्चको तयारीका लागि विश्वव्यापी सरोकारवालासँग परामर्श सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागद्वारा १५ सेप्टेम्बर देखि ३१ अक्टोबर २०२५ सम्म सञ्चालित यस परामर्शले दिगो विकास लक्ष्य प्राप्तिको...

अमेरिकाको भिसाका लागि नेपालीले पनि धरौटी राख्नुपर्ने

अमेरिकी सरकारले थप २५ देशका नागरिकहरुका लागि भिसा लिँदा धरौटी राख्नु पर्ने नीति ल्याएको छ । यस नीति अनुसार, अब नेपाली नागरिकले पनि अमेरिकाको पर्यटक तथा व्यवसायिक भिसा आवेदन दिँदा धरौटी रकम बुझाउनु पर्ने भएको हो । यो भिसाका लागि ५ हजार देखि १५ हजारसम्म अमेरिकी डलर बराबरको रकम...

कांग्रेसभित्र विवादकै बीच पुस २७–२८ मा विशेष महाधिवेशन घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही २०८२ साल पुस २७ र २८ गते काठमाडौंमा विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्। विशेष महाधिवेशन सञ्चार तथा प्रचार-प्रसार समितिअन्तर्गत गठित सूचना प्रसार उपसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना हुने जानकारी दिएको हो। महाधिवेशन पक्षधरहरूले...

हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त घोषणा गरेका हुन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फेसबुकमा लेखेका छन्, म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो! जय...

एमालेसँगको तालमेल र उम्मेदवार छनोटमा गगन थापाको असहमति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँगको तालमेल र उम्मेदवार चयनको प्रक्रियाप्रति फरक मत राखेका छन्। बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा उनले विधान र प्रक्रिया मिचिएको भन्दै असहमति जनाएका हुन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीभित्र पछिल्लो...

सुनको मूल्यमा गिरावट, बुधबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९३५ रुपैयाँ...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.९७ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ तोकिएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०४.५५ रुपैयाँ र बिक्रीदर १०४.९९ रुपैयाँ, एक कतारी रियालको खरीददर ३९.३९ रुपैयाँ र बिक्रीदर ३९.५५ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३९.२० रुपैयाँ र बिक्रीदर...

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। निर्वाचन नजिकिँदै गर्दा पनि प्रमुख राजनीतिक दलहरूबीच सिट भागबन्डाको अन्तिम सहमति भने हुन सकेको...

अमेरिकाको ४५ राज्यहरूमा फ्लूको प्रकोप बढ्दो

अहिले अमेरिकामा फ्लुको प्रकोप फैलिएको छ । मानिसहरु ज्वरो आउने, घाँटी दुख्ने र जीउ दुख्ने तथा अत्यधिक थकै लाग्ने कारणबाट अस्पताल धाइरहेका छन्, अमेरिकी समाचार माध्यमहरुले यस्ता लक्षणहरु लिएर डाक्टरकहाँ जाने विरामीहरुको संख्या ३० वर्षयताकै उच्च विन्दुमा पुगेको उल्लेख गरेका छन् । यस्तो प्रकोप यहाँको ४५ राज्यहरुमा फैलिएको अन्तर्राष्ट्रिय...

अमेरिकी सैन्य कारबाहीपछि मदुरो न्यूयोर्क अदालतमा

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो अमेरिकी सेनाद्वारा शनिबार उनकी श्रीमतीसहित पक्राउ परेपछि सोमबार पहिलो पटक न्यूयोर्कको अदालतमा सार्वजनिक रूपमा उपस्थित भएका छन्। काराकासबाट पक्राउ गरी न्यूयोर्क ल्याइएका मदुरो र उनकी श्रीमतीले अदालतको प्रारम्भिक सुनुवाइका क्रममा आफूहरूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। मदुरोले संयुक्त राज्य अमेरिकाले आफूहरूलाई “अपहरण” गरेको दाबीसमेत...