बिहान १० बजेसम्म प्रतिनिधिसभा निर्वाचनमा करिब ६ प्रतिशत मतदान
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान १० बजेसम्म देशभर करिब ६ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका अनुसार सो अवधिसम्म १० लाख ६५ हजार १२० मत खसेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका सबै मतदान केन्द्रमा निर्वाध रूपमा जारी छ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० जनाले मतदान गरेका छन्, जुन कुल मतदाताको करिब ६ प्रतिशत हो।
मतदान बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चल्नेछ। आयोगले देशभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको जनाएको छ।
