निर्वाचनमा शीर्ष नेताहरूको मतदान, विभिन्न जिल्लाबाट मतदान गरे प्रमुख व्यक्तित्व
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा प्रमुख राजनीतिक नेताहरू तथा उच्च पदस्थ व्यक्तित्वहरूले मतदान गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले काठमाडौं-१ अन्तर्गत काठमाडौं महानगरपालिका-२९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।यसैगरी माधवकुमार नेपाल ले गौर नगरपालिका-२ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
नेपाली कांग्रेसका नेता शेखर कोइराला ले मोरङ जिल्ला स्थित आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन्।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले पालुङ्टार नगरपालिका-१ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान करिब सवा ९ बजे मतदान गरेका हुन्।
यसैबीच ज्ञानेन्द्र शाही ले सिञ्जा गाउँपालिका अन्तर्गत नराकोटमा पर्ने भैरव माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।बालेन शाह ले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रबाट बिहान ७ बजे नै मतदान गरेका छन्।
त्यस्तै पुष्पकमल दाहाल ले भरतपुर महानगरपालिका-१४ मा रहेको प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले काठमाडौं क्षेत्र नम्बर-३ अन्तर्गत महांकालचौरस्थित उपत्यका खानेपानी लिमिटेड परिसरमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो भने मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगिरहेका छन्।
