समाचार
टिचिङ अस्पतालद्वारा स्वास्थ्य बीमा सेवा बन्द गर्ने घोषणा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले (टिचिङ अस्पताल) स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै उपचार सेवा आगामी माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक अवस्था संकटमा परेको भन्दै उक्त कार्यक्रम बन्द गर्ने लागेको हो । बीमा बोर्डसँग करिब ४० करोड रुपैयाँ...
बालेनले माघ ५ गतेभित्र मेयरबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिने तयारी थालेका छन्। उनले माघ ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा सक्रिय हुने योजना बनाएका हुन्। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेकाले त्यसअघि नै पद त्यागेर उम्मेदवार...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.९७ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.२७ रुपैयाँ र बिक्रीदर ९६.६७ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.१२ रुपैयाँ र बिक्रीदर ९.१६ रुपैयाँ कायम भएको छ। त्यसैगरी...
इरानमा प्रदर्शनकारीमाथि भएको दमनप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त
न्युयोर्क । इस्लामिक गणतन्त्र इरानका विभिन्न सहरहरूमा जारी विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गम्भीर चिन्ता व्यक्त गरेका छन् । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले आइतबार जारी गरेको विज्ञप्तिमा इरानी अधिकारीहरूले गरेको हिंसात्मक दमन र त्यसबाट भएको...
न्युयोर्कस्थित क्विन्सको एक रेस्टुरेन्टमा आगलागी : ९ जना घाइते
न्युयोर्कको क्विन्सस्थित कोरोना क्षेत्रमा शनिबार बिहान एउटा रेस्टुरेन्टबाट सुरु भएको आगलागी आवासीय अपार्टमेन्टहरूमा फैलिँदा ठूलो क्षति भएको छ। १०७-२० कोरोना एभिन्यूमा अवस्थित जेसी रेस्टुरेन्टबाट सुरु भएको आगोले केही बेरमै माथिल्लो तलामा रहेका घरहरूमा सल्किएको थियो । आगलागीका कारण अपार्टमेन्ट भित्र दुईजना नागरिकहरू थुनिएका थिए। घटनाको जानकारी पाउनासाथ अग्नि नियन्त्रण...
विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न देउवालाई शर्माको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिले बहुमत महाधिवेशन प्रतिनिधिको मागलाई अवमूल्यन गरेको आरोप लगाएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिको उपस्थितिले पार्टी नेतृत्वलाई...
कांग्रेस विशेष महाधिवेशनमा झण्डै आधा प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विधान विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ । पार्टीका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ४९.३४ प्रतिशत अर्थात् २ हजार ३ सय ४० जनाले नाम दर्ता गराइसकेको जानकारी उद्घाटन सत्रमा दिइएको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन
काठमाडौं । इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तथा चर्चित गायक-अभिनेता प्रशान्त तामाङको निधन भएको छ। आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा ४२ वर्षको उमेरमा उनको निधन भएको हो। प्रशान्त निकट चलचित्रकर्मी राजेश घतानीले पारिवारिक स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जानकारी दिएका हुन्। दार्जिलिङका गायक महेश सेवालले पनि प्रशान्तको निधन...
देउवा अनुपस्थित, गगन-विश्वप्रकाशद्वारा कांग्रेस विशेष महाधिवेशन उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा केही बेरअघि सुरु भएको छ। विशेष महाधिवेशन उद्घाटन समारोहमा भाग लिन सभापति शेरबहादुर देउवालाई निम्ता दिइए पनि उनी सहभागी भएनन्।देउवा अनुपस्थित भएपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दियो बालेर तथा बिरुवामा पानी हालेर विशेष महाधिवेशन उद्घाटन गरेका हुन्। केन्द्रीय...
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुष १३ गते पनि सुनको सोहि...










