समाचार
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले...
थाइल्याण्डमा क्रेन भत्किँदा रेल दुर्घटना, २२ जनाको मृत्यु
काठमाडौँ । थाइल्याण्डमा निर्माणाधीन उच्च गतिको रेल परियोजनामा प्रयोग गरिएको क्रेन भत्किँदा गुज्रिरहेको यात्रुवाहक रेलमा ठोक्किएर ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले बुधबार स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ। राजधानी बैंककबाट देशको उत्तरपूर्वी क्षेत्रतर्फ जाँदै गरेको रेल नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा...
आजदेखि राष्ट्रिय फुटबल लिग शुरू, १७ टिम उपाधि दौडमा
काठमाडौं । राष्ट्रिय फुटबलको महाकुम्भ मानिने ‘राष्ट्रिय फुटबल लिग’ आजदेखि शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको लिगको उद्घाटन खेलमा काँक्रेविहार स्पोर्टस क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् । काठमाडौं र ललितपुरका दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा सञ्चालन हुने लिगमा कूल १३६...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.०१ रुपैयाँ कायम भएको छ भने बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०३.७३ रुपैयाँ र बिक्रीदर १०४.१७ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.०६ रुपैयाँ र बिक्रीदर ९.१० रुपैयाँ तोकिएको छ।...
कांग्रेस विशेष महाधिवेशनः आज मतदान नहुने
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। विशेष महाधिवेशनबाट गठित केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार निर्वाचन प्रक्रिया मंगलबारबाट सुरु हुनेछ। उनका अनुसार मंगलबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ।...
चुनाव बहिष्कारको माग गर्दै काठमाडौंमा मसाल जुलुस
काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन बहिष्कारको माग गर्दै काठमाडौंमा गएराति ६ कम्युनिष्ट पार्टीले मसाल जुलुस गरेका छन्। ६ वटा कम्युनिष्ट पार्टी मिलेर संयुक्त रूपमा गरेको सो मसाल जुलुसमा सहभागी ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति काठमाडौंका विभिन्न ठाउँमा राँके जुलुस गरेका थिए।...
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहले घुस लिएको ठहर गर्दै सजाय सुनाएको हो। अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार साहलाई एक लाख रुपैयाँ जरिवाना र छ महिना कैद सजाय...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, गोरखापत्रको अध्यक्षमा भण्डारी नियुक्त
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको आगामी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने लगायतका ६ वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको...
कांग्रेस दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल चलिरहेकाले महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको हो । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहे पनि हालसम्म निष्कर्षमा पुग्न नसकिएपछि बैठक मंगलबारसम्म लम्ब्याइएको विशेष...
पार्टी एकतामा प्रतिकूल गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र उत्पन्न असहज अवस्थालाई अन्त्य गर्दै सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्। खड्काले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन्। उनले वर्तमान अवस्थामा नेपाली कांग्रेस एकताबद्ध,...









