समाचार

ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि मा रहेको एक इँट्टाभट्टामा आइतबार बिहान भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्दै आएकी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का पर्खाल भत्किँदा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले...

प्रदेशलाई ६१ अर्ब र स्थानीय तहलाई ९० अर्ब अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर रकम छुट्याउन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले प्रदेश सरकारका लागि ६१ अर्ब ५० करोड ३२ लाख र स्थानीय तहका लागि...

विश्व पानी दिवस: दिगो विकास लक्ष्य ६ को सुस्त प्रगतिप्रति राष्ट्र संघमा चिन्ता

न्युयोर्कमा आयोजित एक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक तथा सामाजिक परिषद् इकोसकका अध्यक्ष लोक बहादुर थापाले जल सुरक्षा र लैंगिक समानताबीचको गहिरो सम्बन्धमा जोड दिएका छन् । विश्व पानी दिवस २०२६ को अवसरमा बोल्दै उनले दिगो विकास लक्ष्य ६ को प्रगति सुस्त रहेकोमा चिन्ता व्यक्त गरे । अरबौँ मानिस...

जातीय विभेदको प्राचीन विष अन्त्य गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

न्युयोर्क, संयुक्त राष्ट्रसंघ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर व्याप्त जातिवादलाई ‘प्राचीन विष’ को संज्ञा दिँदै यसको पूर्ण उन्मूलनका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसुका अवसरमा एक विशेष सन्देश जारी गर्दै महासचिव गुटेरेसले जातिवाद अझै पनि हरेक समुदाय, समाज र...

पैसा फिर्ताको माग गर्दै काठमाडौंमा सहकारी पीडितहरूको प्रदर्शन

काठमाडौँ ।  काठमाडौंमा सहकारीमा बचत रकम फिर्ता नपरेको विरोधमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सहकारीमा जम्मा गरेको पैसा फिर्ता गर्न र ठगि गर्नेहरूलाई कारबाही गर्न माग गरेका थिए। प्रदर्शनकारीहरूले ‘ग्याँस छैन, तेल छैन, सहकारीमा पैसा छैन’, ‘सहकारी ठग्नेलाई...

प्रतिकुल मौसमले काठमाडौं एयरपोर्टमा हवाई उडान प्रभावित

काठमाडौँ । हावाहुरी, असिना र मेघगर्जनसहितको वर्षाले देशका प्रमुख विमानस्थलहरू प्रभावित बनेका छन् । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हवाई उडान तथा अवतरणमा गम्भीर अवरोध देखिएको छ । मौसम एक्कासि बिग्रिएपछि आकाशमार्गको दृश्यता घट्नुका साथै अवतरण प्रक्रियामा कठिनाइ उत्पन्न हुँदा अधिकांश जहाजले सुरक्षित अवतरण गर्न सकेनन् ।...

शेयर बजारमा उछाल, २१ अर्बको कारोबार

काठमाडौँ । शेयर बजारमा उल्लेखनीय उछाल आएको छ । बजारमा उच्च सुधार देखिएसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । बजार हरियाली हुँदा लगानीकर्तामा उत्साह छाएको छ । आगामी साता देशले दुई तिहाइ नजिकको स्थायी सरकार पाउने सम्भावनासँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । आज बजार ६४ अंकले...

गृहमन्त्री अर्यालको राष्ट्रियसभा सदस्य सिफारिसविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। रिट संवैधानिक इजलासमा आउँदो चैत २५...

निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजयपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्, तर उक्त पत्र अझै सार्वजनिक गरिएको छैन। पार्टीले चैत ६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सो बैठकमा थापाको राजीनामाबारे...

प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री...