समाचार

घरमा पनि बाँदर बारीमा पनि बाँदर, बाँदरबाट कृषक हैरान

बेनी, म्याग्दी, २ पुस । पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको राससले जनाएको छ । बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि...

पाँच महिनादेखि जिसस जुम्ला समन्वय अधिकारीविहीन

जुम्ला, २ पुस । जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन रहेको राससले जनाएको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उहाँ फर्कनु भयो न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो । अहिलेसम्म...

हेटौँडामा यात्रु ठग्ने सुमो चालकदेखि टिकट बेच्नेसम्म पक्राउ

मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मुख्य बजारबाट काठमाडौँसम्म पुग्ने सुमो चालकदेखि टिकट काउन्टरले यात्रु ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट मंसिर २९ गते सादा पोषाकमा खटिएका प्रहरी टोलीले तोकिएको भन्दा बढी भाडा असुल गर्ने व्यक्तिहरु सवारी साधन...

यी हुन् ५ राष्ट्रिय दल, जसले थ्रेस होल्ड कटाए

मकवानपुर, २ पुस । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएसँगै केबल ५ दलमात्र राष्ट्रिय दल बन्न सफल भएका छन् । १६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएको हो । यदि जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतलाई अन्तिम मत मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल बनेको...

समानुपातिकको मतगणना सकियो, कुन दलको कति मत ?

मकवानपुर, २ पुस । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतका आधारमा ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ भने ३१ लाख २८ हजार ३८९ मत...

रअको घेराबन्दीबाट यसरी फुत्किए प्रचण्ड

काठमाडौं । जनयुद्धलाई शान्ति प्रक्रियामार्फत राजनीतिक मूलधारमा आएको तत्कालिन नेकपा माओवादीका अध्यक्ष लामो समय रअको घेराबन्दीमा रहेको लाजिम्पाट निवासमा आठ वर्षभन्दा लामो समय गुम्सिएर बल्ल फुत्किन सफल भएका छन् । हालको पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाटको महल छोड्नुपर्ने दवाव कार्यकर्ताहरुले राजधानीको भृकुटीमण्डपमा बसेको प्लेनमदेखि नै उठेको थियो ।...

कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १ पुस व्यापारका लागि महत्वपूर्ण कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सडक निर्माणका लागि ठेक्का लिएको निर्माण कम्पनीले काम अगाडि नबढाउँदा धुलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा यात्रा गर्न यात्रुलाई असहज भएको छ । सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्नका लागि चार...

दुर्घटनामा मृत्यु

बर्दिवास, १ पुस पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७...

एसएसपी हत्या गरेको आरोप लागेका रेशम चौधरीले जितेको प्रमाणपत्र नपाएपछि…

काठमाडौँ, २९ मंसिर : सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ । उनले निर्वाचन अधिकृतको कार्यलयबाट निर्वाचनमा बिजय भएको प्रमाणपत्र नपाए पछी सो पाउनुपर्ने माग राख्दै सर्वोच्च पुगेका थिए । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त...

हेटौँडालाई प्रदेश राजधानी बनाउन ईन्द्र बानियाँको माग

मकवानपुर, २९ मंसिर । मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्नुपर्ने भन्दै पूर्व गृहराज्यमन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का नव निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँलेसरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा बोल्दै नेता बानियाँले जनताको चाहना, आवश्यकता र पूर्वाधारको...