समाचार
म्यासेज गरी चिठ्ठा परेको भन्दै ठगी गर्ने ३ जना पक्राउ
पर्सा, ५ पुस । म्यासेजको माध्यमबाट चिठ्ठा परेको भनि प्रलोभन देखाइ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा घर भएका २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँ बस्ने २१ वर्षीय मुकेशकुमार राय र बाराको बरियारपुर नगरपालिका–१...
नक्कली समाचार लेख्नेलाई गुगलले ठिक पार्ने
एजेन्सी । आजभोलि विभिन्न वेबसाईटहरुले गलत समाचार सम्प्रेषण गरेको तपाई हामीलाई जानकारी नै छ । एकआपसमा घृणा तथा द्वेष फैलाउने र राजनीतिक दल, संघसंस्था, आस्था, धर्म, वर्गका आधारमा समाजलाई नै अशान्त तुल्याउने कार्य गर्न मानिसहरु अलिकति पनि नहिच्किचाउने परिपाटी हाबी भएको देखिन्छ । अझ समाचार पोर्टलको भ्यू बढी हुने...
पर्साको सुपर ग्यास प्लान्टमा भिषण आगलागि अझै आएन नियन्त्रणमा
पर्सा ५ पुस । पर्सा स्थित भवानीपुरको सुपर ग्यास प्लान्टमा आज बिहान भिषण आगलागि भएको छ । बिहान ६ बजे ग्यास भण्डारण ट्याङ्कीबाट ग्यास लिक भई सुरु भएको आगलागि हालसम्म पनि नियन्त्रणमा आईनसकेको त्यहाँ स्थित पत्रकार बेद भट्टले जानकारी दिएका छन् । उनका अनुसार आगलागि नियन्त्रणको लागि परिचालन गरिएको...
‘व्यापारीको पीडा व्यापारीले नै बुझ्छ’–रवि कँडेल
मकवानपुर, ४ पुस । मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा वाणिज्य तर्फका सदस्य भएका रवि कँडेलले पूनः वाणिज्य तर्फ नै सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आफ्नो कार्यकालमा समेत सफल निर्णयहरु गराउन भूमिका खेलेका उनले व्यापारीको पिडा व्यापारीले नै बुझ्नै भन्दै आफु उद्योग र व्यापारको हितमा विभिन्न कार्यहरु गर्ने...
‘५ वर्षमा वामपन्थीले नमुना नेपाल बनाउँछ’–दाहाल
मकवानपुर, ४ पुस । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले ५ वर्षसम्म वामपन्थी कम्यूनिष्टहरुलेकै नेतृत्वमा बलियो सरकार बन्ने र नमुना नेपाल बन्ने बताएका छन् । विजयी उत्सव मनाउँदै मकवानपुरको बकैया गाउँपालिका पुगेका दाहालले बकैया गाउँपालिका वडा नम्बर २ धियाँल सरस्वतीमा भएको कार्यक्रममा बोल्दै देश...
सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौँ, ४ पुस । मुलुकका विभिन्न स्थानहरुमा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यू भएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको एनएल०५डि ४०१३ नम्बरको ट्रकले सोमबार मे.२ प १७८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यू भएको छ । दुर्घटनामा अर्जुनधारा नगरपालिका बस्ने १८...
विदेशमा रोजगारीको सपना देखाएर २७ लाख लुट्ने प्रतिवादी जेल चलान
काठमाडौँ, ४ पुस । वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष कैद र २ लाख रुपैयाँ जरीवाना भई फरार रहेका लम्जुङको तान्द्रङटाक्सार–३ बस्ने ४४ बर्षीय हरिबहादुर पाण्डेलाई जेल चलान गरिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले पक्राउ गरेको थियो ।...
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा छतेन्द्रको उम्मेदवारी घोषणा
मकवानपुर ४ पुस । उद्योग वाणिज्य संघ मकवानपुरको आसन्न निर्वाचनमा मोवाईल एसोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आर्चायले उद्योग तर्फको खुल्ला सदस्य पदकालागि उम्मेदवारी घोषणा गरेका छन् । आज मंगलबार हेटौंडामा पत्रकार संमेलन गरी आफ्नो उम्मेदवारी पक्का रहेको आचार्यले जानकारी दिए । मकवानपुरमा २०६६ सालमा मोवाईल एसोसिएसनको सुरुवात...
प्रदेश ४ मा समानुपातिक तर्फ कुन दललाई कति सिट ?
मकवानपुर, ४ पुस । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ मा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । जस अनुसार प्रदेश ४ को समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै १० सिट प्राप्त गरेको छ । त्यस्तै काँग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ मत प्राप्त गरेका छन्...
प्रदेश ४ मा जनमोर्चालाई समानुपातिकमा एक सिट
मकवानपुर, ४ पुस । केही समयअघि सकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फको मतगणना अनुसार राष्ट्रिय जनमोर्चा पार्टीले समानुापातिक तर्फ एक सिट पाउने देखिएको छ । प्रदेश नम्बर ४ मा जनमोर्चाले १९ हजार २ सय ७६ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था छ । कुल...








