प्रदेश ४ मा समानुपातिक तर्फ कुन दललाई कति सिट ?
मकवानपुर, ४ पुस । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ मा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ । जस अनुसार प्रदेश ४ को समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै १० सिट प्राप्त गरेको छ ।
त्यस्तै काँग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । जस अनुसार काँग्रेसले प्रदेश ४ मा ९ सिट प्राप्त गर्ने भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले १ लाख १९ हजार ५ सय २८ मत प्राप्त गरेको छ । जस अनुसार समानुपातिकमा माओवादीले ३ सिट पाउने छ भने नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाएका कारण एक–एक सिट प्राप्त गर्ने देखिएको छ ।
