समाचार

निर्वाचनमा पराजय भएका कमल थापाले मुख खोले

काठमाडौं । २९ मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री कमल थापाले निर्वाचनमा मकवानपुर १ बाट पराजय व्यहोरेपछि आज एक विज्ञप्ती निकालेर मुख खोलेका छन् । निर्वाचन प्रकृयामा आफ्नो पार्टीले अकल्पनीय र निराशाजनक परिणाम आएको थापाको धारणा आएको छ । परिणाम जे जस्तो आएपनि त्यसलाई स्वीकारेको थापाले...

पार्टी एकता कन्फर्म हुने प्रचण्ड ओलीबिच सहमति

काठमाडौं । २९, मंसिर /  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ । शुक्रबार दुई नेताबीच काठमाडौंमा भेटवार्ता भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । दुई नेताबीचको छलफलमा वाम गठबन्धन निर्माणदेखि निर्वाचन परिणामसम्मको संक्षिप्त समीक्षा...

राईगाउँ पुगेर शहिद गेटमा दिप प्रज्वलन

मकवानपुर, २९ मंसिर । वाम गठबन्धनका विजयी उम्मेदवारहरुले पूर्वी मकवानपुरको राईगाउँस्थित शहिद गेटमा दिप प्रज्वलन गरेका छन् । शहिदहरुको सम्मानमा मकवानपुर १ प्रतिनिधिसभा सदस्य कृष्ण दाहाल र मकवानपुर १(क) का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले मैन बत्ती बालेर दिप प्रज्वलन गरेका हुन् । उक्त गेट माओवादी सशस्त्र युद्धमा...

समलिङ्गी–पत्रकार सम्मेलन

इटहरी, २९ मंसिर । नीलहिरा समाज इटहरीको सहयोगमा सहारा समाज इटहरीले यहाँ आज पत्रकारसम्मेलन गर्दै देशको सर्वोच्च अदालतले जारी गरेको आदेशको कार्यान्वयन हुन नसकेकोप्रति राज्यको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले २०६४ पुस ६ गते नेपालको भूमिमा जन्मिएका र हुर्किएका समलिङ्गी वा तेस्रोलिङ्गीलाई भेदभाव नगरी नेपाली नागरिकता उपलब्ध गराउन...

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको राससले जनाएको छ । आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।...

प्रदेश नं ३ को मुख्यमन्त्रीमा को–को छन् आकाँक्षी ?

काठमाडौँ, २९ मंसिर । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिनुभएको छ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडाँै महानगरपालिकाका...

मनहरीदेखि राक्सिराङसम्म पुग्ने मोटर बाटो निर्माण शुरु

मकवानपुर, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माणको काम सुरु भएको छ । मनहरीबाट प्याङ्चे हुँदै राक्सिराङको चैनपुर जाने सडकको बिहीबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् । मोटरबाटोको रुपमा विकास गर्ने लक्ष्यसहित २०३४ सालबाट निर्माण कार्य थालनी गरिएको बाटो अहिले गोरेटोको रुपमा...

एचआइभी संक्रमित बालबालिका समस्यामा

बैतडी, २९ मंसिर । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनुभयो । जिल्लामा १९ बालबालिका एचआइभी संक्रमित देखिएका छन्, उहाँले भन्नुभयो– “तीमध्ये अधिकांशले अभिभावक...

अलैंची उत्पादन घटेपछि किसान चिन्तित

बेँशीसहर, लमजुङ, २९ मसिर । लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको राससले जनाएको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन् । अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलँैची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष ८२१ क्विन्टल...

७७ जना उम्मेदवारको जमानत जफत

पोखरा, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको राससले जनाएको छ । कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना...