निर्वाचनमा पराजय भएका कमल थापाले मुख खोले
एमालेलाई बधाई —– हारको जिम्मेवारी मेरो : कमल थापा
काठमाडौं । २९ मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री कमल थापाले निर्वाचनमा मकवानपुर १ बाट पराजय व्यहोरेपछि आज एक विज्ञप्ती निकालेर मुख खोलेका छन् ।
निर्वाचन प्रकृयामा आफ्नो पार्टीले अकल्पनीय र निराशाजनक परिणाम आएको थापाको धारणा आएको छ ।
परिणाम जे जस्तो आएपनि त्यसलाई स्वीकारेको थापाले बताएका छन् । उनले एक विज्ञप्ती निकालेर निर्वाचनमा हार व्यहोर्नु पर्नाको धेरै कारण भएपनि त्यसलाई केन्द्रीय समितिले विस्तृत अध्ययन अनुसन्धान गर्ने दावी पनि गरेका छन् । हारको नैतिक जिम्मेवारी आफूले लिने पनि थापाले जनाएका छन् । निर्वाचन सफल गराउन राप्रपाको समेत योगदान हुनुमा उनले सन्तोष व्यक्त गरेका छन् । साथै उनले पहिलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई समेत दिएका छन् ।
