पार्टी एकता कन्फर्म हुने प्रचण्ड ओलीबिच सहमति

तु खबर संवाददाता
२०७४ मंसिर २९, शुक्रबार १८:४०
तस्बिर : प्रचन्डको सचिवालय

काठमाडौं । २९, मंसिर /  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको छ । शुक्रबार दुई नेताबीच काठमाडौंमा भेटवार्ता भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
दुई नेताबीचको छलफलमा वाम गठबन्धन निर्माणदेखि निर्वाचन परिणामसम्मको संक्षिप्त समीक्षा गर्दै आगामी दिनमा मिलेर अघि बढ्ने सहमति भएको माओवादी निकट स्रोतले जनाएको छ । छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको अध्यक्ष प्रचण्डले आधिकारिक वेभसाइटमा उल्लेख छ ।

अध्यक्ष प्रचण्ड र ओलीबीच भएको छलफलमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र बाम गठबन्धन परिणाममूखी भएको निष्कर्ष निकालिएको थियो । ओली र प्रचण्डबीच भएको छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियो बनाएर लैजाने समझदारी भएको छ । शुक्रबारको छलफल अत्यन्तै सकारात्मक भएको र आवश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएको छ अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*