समाचार
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
लुम्बिनी, २९ मंसिर / रासस : रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट...
यमनमा साउदी नेतृत्वको सेनाद्वारा आक्रमण हुँदा ३१ को मृत्यु
साना, २८ मङसिर रासस/सिन्ह्वा : यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ । साउदी अरेबियाको...
महोत्तरीमा भएको आगलागीमा लाखौँको क्षति
महोत्तरी, २९ मंसिर : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् । आगलागीबाट लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । महोत्तरी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगलागीमा यस्तो क्षति भएको एसपी कुबेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार,...
देशभरमा ८३ हजार मतको अन्तरले एमाले अगाडि
काठमाडौँ, २९ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमालेले २९ लाख...
धनकुटाका १३ उम्मेदवारको जमानत जफत
धनकुटा, २९ मंसिर । गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटाका १३ उम्मेदवारको जमानत जफत भएको छ । एक प्रतिनिधि र दुई प्रदेश रहेको धनकुटा जिल्लामा जमानत जफत हुनेमा प्रतिनिधिसभाका चार, प्रदेशसभातर्फ प्रदेशसभा ‘क मा पाँचवटा पार्टी र प्रदेशसभा ‘ख मा चार पार्टी रहेका छन् ।...
सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा
लक्ष्मी भण्डारी सुर्खेत, २९ मंसिर । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति...
बेवारिसे तीन थान पेस्तोल फेला
मंगलबारे, इलाम, २८ मंसिर निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको राससले जनाएको छ । इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको हो । स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा...
कुन राशिका केटी प्रेममा छिटो फस्छन् ?
प्रेम भावनाहरुको मिलन हो । महसुस गर्ने कुरा हो अनि आत्मिएता पनि हो । प्रेम हावा जस्तै हो नदेखिने तर चाल भने पाईने । प्रेमबाट साहास प्राप्त हुन्छ केहि गर्ने उर्जा प्राप्त हुन्छ तर प्रेममा धोका खाईयो भने कोहि निकैनै बिचलित पनि हुने गर्र्दछन् त्यसकारण सुरुमै कस्ता खालका केटि...
कस्तो खाना मन पराउने केटिको स्वभाव कस्तो हुन्छ ?
केटिहरुको स्भावको बारेमा जान्न चाहानुहुन्छ भने उनीहरुले खाने कुरालाई ध्यानदिनु आवश्यक छ । त्यसबाट पक्ता लाग्न सक्ने कुराहरुलाई हामिले समेटेका छौं । यदि तपाँई केटिको बारेमा सबै कुरा जान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले थाहा पाउनुस उनलाई के के कुरा खान मन पर्छ । कफि कफि मन पराउने केटिहरु निकै...
झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर
भद्रपुर, २८ मंसिर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर , निर्वाचन...









