बेवारिसे तीन थान पेस्तोल फेला

तु खबर संवाददाता
२०७४ मंसिर २८, बिहीबार १५:३१

मंगलबारे, इलाम, २८ मंसिर निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको राससले जनाएको छ ।

इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको हो ।

स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले तीन थान इन्डियन पेस्तोल र आठ राउण्ड गोलीसमेत फेला पारेको प्रहरीले जनाएको छ । निर्वाचनमा कडाइ गरिएपछि कसैले बेबारिसे अवस्थामा पेस्तोल र गोली छोडेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*