कुन राशिका केटी प्रेममा छिटो फस्छन् ?

तु खबर संवाददाता
२०७४ मंसिर २८, बिहीबार १५:०८

प्रेम भावनाहरुको मिलन हो । महसुस गर्ने कुरा हो अनि आत्मिएता पनि हो । प्रेम हावा जस्तै हो नदेखिने तर चाल भने पाईने । प्रेमबाट साहास प्राप्त हुन्छ केहि गर्ने उर्जा प्राप्त हुन्छ तर प्रेममा धोका खाईयो भने कोहि निकैनै बिचलित पनि हुने गर्र्दछन् त्यसकारण सुरुमै कस्ता खालका केटि संग प्रेम गास्नुपर्दछ भन्ने सोच्नु पर्दछ हामिले कुन राशिको केटि प्रेममा छिट्टै फस्छन् भन्ने जानकारी दिने प्रयास गरेका छौं ।
मेष राशि
मेष राशिका केटीहरुलाई उनीहरुको हरेक कुरामा ओके भन्ने केटाहरु मनपर्छ भन्ने पनि छैन । उनीहरुलाई मनाउनको लागि ट्रिक चाहिन्छ । यसको मतलब मेष राशिका केटीहरुलाई आफ्नो प्रेममा पार्न आईडिया चाहिन्छ । तर त्यो त्यति सजिलो छैन।

बृष राशि

बृष राशिका केटीहरु सुन्दर हुन्छन् । यस राशिका केटीहरु साथमा रहन कुरा गर्न मन पराउँछन् र अनुभवी पनि हुन्छन् । तर उनीहरुलाई बुझ्न भने गार्हो पर्छ । यस राशिका केटीहरुलाई प्रेममा पार्न अलि मुस्किल हुन्छ ।

मिथुन राशि

मिथुन राशिका केटीहरु खुला ह्रृदयका हुन्छन् । यिनीहरुको कुरा गर्ने तरिका निकै नै राम्रो हुन्छ । यो राशिका केटीहरुलाई सबैले मन पराउँछन् । तपाँई मिथुन राशि भएकी केटिलाई मन पराउँदै हुनुहुन्छ वा प्रपोज गर्दै हुनुहुन्छ भने तपाँई पनि खुला मन भएको हुनुपर्छ ।

कर्कट राशि

कर्कट राशिका केटिहरु धेरैजसो घुलमिल गर्दैनन् । यिनीहरु आफैँ अनुमान लगाउने खालका हुन्छन । यदि आफुलाई मनपर्ने कुनै कर्कट राशिका केटी भए तपाईले होसियारी अपनाउनुपर्ने हुन्छ, यदि यसो भएन भने तपाईको कुरो बिग्रिन सक्छ ।

सिंह राशि

सिंह राशिका केटीहरु जहिले पनि अरुमाथि आफ्नो शासन चलाउन चाहान्छन् । यिनीहरु अरुभन्दा अलि घमण्डी हुन्छन् । यिनीहरु हरेक ठाँउमा आफ्नो छुट्टै पहिचान बनाउँछन् र सबैको नजरमा परेका हुन्छन् । सिंह राशिका केटीहरुलाई ईम्प्रेस पार्न त्यति सजिलो छैन, यदि सिंह राशिका केटी तपाईको प्रेममा छन् भने उनिहरु सधैँ डिमान्डिङ्ग हुन्छन् ।

कन्या राशि

कन्या राशिका केटीहरु बढि सिद्धान्तबादी हुन्छन् । यस राशिका केटीहरु धेरै घरेलु हुन्छन्, यिनीहरुलाई साथी बनाउन सजिलो छैन र यिनीहरुलाई बुझ्न पनि समय लाग्छ ।

तुला राशि

तुला राशिका केटीहरु सर्बगुण सम्पन्न हुन्छन् । ज्योतिषका अनुसार यिनीहरुलाई एक फरक किसिमको केटाहरु चाहिन्छ । यिनीहरुलाई तारिफ गरेको मनपर्छ । यो राशिका केटीमाथी प्रभाव पार्न तपाई एकदम समझदार हुनुपर्छ ।

बृश्चिक राशि

बृश्चिक राशिका केटीहरु त्यति रिसाहा हुदैनन् तर भावुक पनि हुदैनन् । यदि तपाई कोही बृश्चिक राशिको केटीलाई मनपराउनु हुन्छ भने उसलाई कहिल्यै बेवास्ता गर्नुहुदैन ।

धनु राशि

धनु राशिका केटीहरुलाई घुम्न एकदमै मनपर्छ । यस राशिका केटीहरुलाई हिम्मतवाला केटाहरु एकदम मनपर्छ र दिक्कलाग्दो मान्छेहरुसँग टाढा नै रहन चाहान्छन् । धनु राशिका केटीहरुमाथी प्रभाव पार्नको लागी तपाईको गोजीमा पैसैपैसा हुनुपर्छ ।

मकर राशि

मकर राशिका केटीहरु एकदमै स्वाभिमानी हुन्छन् । यिनीहरु आफ्नो काम आफैँ गर्न मन पराउँछन् । मकर राशिका केटीहरु सामान्यतया शान्त स्वभाबका हुन्छन् तर मायाप्रेमको मामलामा खासै चासो राख्दैनन् । उनीहरु कुनै प्रेम सम्बन्धमा पर्नुभन्दा पहिला आफ्नो र आफ्नो हुनेवालाको बारेमा एकदमै सोच्दछन् ।

कुम्भ राशि

कुम्भ राशिका केटीहरु समझदार हुन्छन् । यदि तपाई अलिकति समझदार हुनुभयो भने तपाईलाई कुम्भ राशिको केटीलाई ईम्पे्रस पार्न कुनै अप्ठ्यारो हुने छैन ।

मीन राशि

मीन राशिका केटीहरु एकदम रोमान्टिक हुन्छन् र छिट्टै मायापे्रममा पर्छन् । यस राशिका केटीहरुलाई ईम्पे्रस गर्न त्यति गाह्रो पर्दैन । मीन राशिका केटीहरुलाई सपनाजस्तो मायापे्रम मनपर्छ र केटाको लागी यस्तो मायाप्रेम कुनै ठुलो कुरै भएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*