महोत्तरीमा भएको आगलागीमा लाखौँको क्षति

तु खबर संवाददाता
२०७४ मंसिर २९, शुक्रबार ०९:२७
फाइल फोटो : गुगल

महोत्तरी, २९ मंसिर : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् । आगलागीबाट लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

महोत्तरी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगलागीमा यस्तो क्षति भएको एसपी कुबेर कडायतले जानकारी दिएका छन् । उनका अनुसार, आगलागीमा परी गोठभित्र रहेका तीन भैँसी, तीन बाख्रा जलेर मरेका छन् ।

त्यस्तै, रायको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्रका काठ, दाउरा, भुस, पराललगायत सबै सामग्री गरी रु छ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी उपरीक्षक कडायतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*