समाचार
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
काठमाडौँ, २८ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको...
महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत
गौशाला, २८ मंसिर । महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको राससले जनाएको छ । निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो । कूल खसेको सदर मतको १०...
सोलुखुम्बुमा १२ जनाको जमानत जफत
सल्लेरी, सोलुखुम्बु, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवार बनेका...
म्यादी प्रहरीको मृत्यु
दार्चुला, २८ मंसिर । काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ । नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा...
पोखराको चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित
पोखरा, २८ मंसिर । कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै १२ जना महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ क मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भईन् उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी...
प्रत्यक्षतर्फ ८० स्थान जित्दै एमाले पहिलो, २३ स्थानसहित काँग्रेस तेस्रो (सबै जिल्लाको अन्तिम नामावली सहित)
काठमाडौँ, २८ मंसिर (रासस) : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली काँग्रेस २३ स्थानमा विजयी भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय...
झापामा सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य
बनियानी, झापा, २८ मंसिर । झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् । जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् । भद्रपुर–९ की स्थानीयवासी कालिका न्यौपानेको जग्गामा कारागारले मलमूत्र फालेपछि...
कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो
जितपुर, कपिलवस्तु, २८ मंसिर । यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको राससले जनाएको छ । प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपातिकतर्फको मतगणना बुधबार सकिएको...
मकवानपुरमा समानुपातिकतर्फ एमाले एक नम्बर, यस्तो छ अन्तिम मत परिणाम
मकवानपुर, २७ मंसिर । मंसिर २१ गते दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुरमा समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार मकवानपुरमा एमाले पहिलो पार्टी बनेको छ । त्यस्तै नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो पार्टीका रुपमा देखिएको छ ।...
कैलालीमा सबै महिला उम्मेदवार पराजित
धनगढी, २७ मंसिर । देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनैपनि महिला उम्मेदवार विजयी हुन नसकेको राससले जनाएको छ । प्रतितिधिसभामा छ र प्रदेशसभामा छ जना गरी कैलालीका विभिन्न निर्वाचन क्षेत्रबाट १२ जना महिला उम्मेदवार प्रतिष्पर्धामा रहेपनि कसैले जीत हासिल गर्न सकेन । चर्चामा रहेको कैलाली...








