समाचार
मेनुकाको रोमान्टिक गीत ‘जुनी जुनी’
काठमाडौं –चर्चित रियालटी सो नेपाल आइडलको उत्कृष्ट १० भित्र पर्न सफल मेनुका पौडेलले गायक सुगम कार्कीसँग रोमान्टिक गीत ‘जुनी जुनी’ गायकी छन् । जसको भिडियो समेत बनाइएको छ । भिडियोमा यि गायक गायिका नै गीत गाउदै गरेको देखिएका छन् । मेनुका अहिले निकै ब्यस्त छिन् । नेपाल आडियलमा सहभागी...
मस्जीदमा भएको आक्रमणमा ५४ जनाको मृत्यु, ७५ जना घाइते
काएरो, ८ मङसिर / रासस/सिन्ह्वा : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको...
देशमा विकास ल्याउन वाम गठबन्धन : प्रचण्ड
चितवन, ९ मंसिर / रासस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन् । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गरे। चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै...
वनको हिरासत ‘सामना होटल’मा बसेर रिहा भए शिवम संचालक मारु
मकवानपुर, ०८ मंसिर । शिवम् सिमेन्टका संचालक रघुनन्दन मारु गएको २८ गते हेटौंडामा पक्राउ परे । जिल्ला वन कार्यालय मकवानपुरले उनलाई कात्तिक २८ गते तत्कालिन ठिंगन तथा सुकौरा गाविसमा अबैध रुपमा ढुङ्गा खानी उत्खनन् गरेको अभियोगमा पक्राउ गरी आफ्नो हिरासतमा राखेको र आज शुक्रबार जिल्ला अदालत मकवानपुरमा पेश गरेको...
बैतडीमा ३,५०० जनशक्ति परिचालन, निर्वाचनको तयारी पूरा
–विनोद सिंह विष्ट बैतडी, ७ मंसिर । पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा तीन हजार ५०० जनशक्ति परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीका अनुसार दुई हजार ६३ सुरक्षाकर्मी, एक हजार ४४९ निजामती कर्मचारी र स्वयंसेवक गरी तीन...
निर्वाचन कार्यालयमा भेट्टिएको बम सेनाद्वारा निष्क्रिय
नुवाकोट, ७ मंसिर । जिल्ला निर्वाचन कार्यालय नुवाकोट परिसरमा भेट्टिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । निर्वाचन कार्यालयको मूल ढोकाअघिको परिसरस्थित मतदान केन्द्रमा निर्वाचन गराउने कर्मचारीलाई निर्वाचन सामग्री वितरण भइरहेको स्थानमा देखिएको बम श्रीनाथ गण देवीघाटको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको प्रहरी नायब उपरीक्षक मधुकरजंग...
पसल–कवलका कारण सम्पदा पुनःनिर्माणमा बाधा
ललितपुर, ७ मंसिर । पाटन सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बसेका पसल–कवलका कारण पुनःनिर्माणको काममा बाधा पुगेको छ । यस क्षेत्रमा रहेको ठूलो घण्टामा मर्मत गर्नुपर्ने भए पनि पसल–कवलका कारण गर्न नसकिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो घण्टा बाँगिएको छ तर...
काँग्रेस सभालाई लक्षित गरी सकेट बम
चरिकोट, दोलखा, ७ मंसिर : नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले...
अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत
इटहरी, ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु...
भोलिको बन्द ‘हल्ला मात्रै’
काठमाडौँ, ०७ मंसिर । विप्लव नेतृत्वको नेकपाले भोलि नेपाल बन्द गर्दै छ भन्ने कुरा सत्य नभएको खुलेको छ । सो पार्टीका एक नेताका अनुसार, भोलि नेपाल बन्दका कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन । हालसम्म भोलि नेपाल बन्द गर्ने कुनै पनि घोषित कार्यक्रम आफ्नो पार्टीको नभएको ती नेताले बताए ।...










