कास्की–२ मा समानुपातिकमा एमाले अगाडि ,अन्य पार्टीको मतपनि हेर्नुहोस्

तु खबर संवाददाता
२०७४ मंसिर २६, मंगलवार १५:१६

पोखरा, २६ मंसिर । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक मतमा एमाले अगाडि देखिएको राससले जनाएको छ ।

प्रत्यक्षतर्पmको प्रतिनिधिसभा र प्रदेशसभा क मा एमाले र ख मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । आज अपराह्न सम्पन्न मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकमा एमालेले २२ हजार ९६९, नेपाली कांग्रेसले १६ हजार ६४ र नेकपा९माओवादी केन्द्रले तीन हजार ४७९ मत पाएका छन् ।

यस्तै विवेकशील साझा पार्टीले दुई हजार ७६८, राप्रपाले एक हजार ७१,संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले ३७४–३७४, राष्ट्रिय जनमोर्चाले १२६ तथा अन्य ४३ राजनीतिक दलले समानुपातिकमा मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभातर्पmको समानुपातिकमा एमालेले २१ हजार ७९७, काँग्रेसले १५ हजार ६६०, माओवादी केन्द्रले चार हजार ५७, विवेकशील साझा पार्टीले दुई हजार १६१, राप्रपाले एक हजार २२०, नयां शक्ति पार्टीले ५३२, संघीय समाजवादी फोरमले ४८२ र राष्ट्रिय जनमोर्चाले १४६ मत ल्याएका छन् ।

जिल्लाको प्रतिनिधिसभातर्पm कूल मतदाता ७० हजार ६५१, खसेको मत ४९ हजार ९०६ र कूल सदर मत ४७ हजार ९८८ थियो भने प्रदेशसभा ‘क’ मा कूल मतदाता संख्या ३७ हजार ६४३, खसेको मत २६ हजार ४०६ र सदर मत २४ हजार ८१९ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*