समाचार
मुख्यमन्त्री भएपछि सबैलाई कानुनी दायरामा ल्याउँछु–ईन्द्रबहादुर बानियाँ
मकवानपुर, ७ मंसिर । पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफु प्रदेश नम्बर ३ को मुख्यमन्त्री बनेपछि गलत काम गर्ने सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका छन् । स्टेट भिजन प्रा.लि.द्वारा संचालित तु खबर डटकमको आयोजनामा बिहीबार...
पूर्व जनमुक्ति सेनाको घरमा हातहतियार र बिष्फोटक पदार्थ बरामद
मकवानपुर, ७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक जना पूर्व जनमुक्ति सेनाको घरमा ठूलो परिमाणमा हातहतियार तथा बिस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर २ सिद्धकाली बस्ने अन्दाजी वर्ष ३०–३२ को ईमानबहादुर थिङको घरबाट सो हातहतियार र विष्फोटक पदार्थ फेला पारेको हो । हाल...
चोरीको मोटरसाईकलसहित १ जना पक्राउ, २ जना आरोपीको खोजी हुँदै
मकवानपुर, ७ मंसिर । चोरी गरिएको मोटरसाईकलसहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १० बजे मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २० वर्षीय सिंहबहादुर मोक्तानलाई पक्राउ गरिएको हो । घटनामा संलग्न भएका आरोप लागेका दुई जनाको प्रहरीले खोजी...
गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि
चितवन, ६ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ । स्व पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा...
डिटोनेटरसहित एक पक्राउ
मलेखु, धादिङ, ६ मंसिर । नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ । थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले सकेट बम बनाउन लागिरहेका भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका...
मकवानपुरमा उत्कृष्ट १० महिला उद्यमी छनौट
मकवानपुर, ६ कात्तिक । उत्तरी मकवानपुरको तत्कालिन ७ गाविसमा उत्कृष्ट १० महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । चित्लाङ, फाखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटारका महिला उद्यमीबाट १० जना उत्कृष्ट छनौट गरिएको हो । मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्र, मकवानपुरको सहकार्यमा...
बराहक्षेत्र मन्दिरका परेवा भकाभक मर्दै
इटहरी, ६ मंसिर । हिन्दू धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवा भकाभक मर्न थालेको छन । बराहक्षेत्रका मुख्य मन्दिरबाहेक सूर्य भगवान् लगायतका मन्दिरको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवा मर्नुका कारण के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले जाँच नगरेकाले भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाइ रहेको...
निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी
— तीर्थ भट्टराई/केदार मगर दिक्तेल, खोटाङ, ६ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी । पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो...
पाँचथरमा ६३ मध्ये २० वटा मात्र हतियार बुझाइयो
पाँचथर, ६ मंसिर । जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपछि २० जनाको मात्र हतियार संकलन भएको हो । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाका...
काँग्रेसका स्थानीय नेताको घरमा ‘सुतली बम’को आशंका
नुवाकोट, ६ मंसिर । नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ । घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...








