नेपालको पहिलो बैज्ञानिक यस्ता थिए

तु खबर संवाददाता
२०७४ मंसिर २६, मंगलवार १४:५७

विज्ञान र प्रविधीसँगै अनेकौँ आविष्कारहरू भैरहेका छन्। याद गर्नुभएकै होला कि, हरेक अनुसन्धान होस् या आविष्कार कहिले अमेरिकाको वैज्ञानिक त कहिले जापानको अनुसन्धानकर्ता भनेर सुनिन्छ। तर ‘नेपालको वैज्ञानिक नेपालको अनुसन्धानकर्ता भनेर कतै देख्नु वा सुन्नुभएको छ ?

गेहेन्द्र शमशेर नेपालको पहिलो वैज्ञानिक हुन। आजै उनै गेहेन्द्रका रोचक तथ्य तपाइले पढ्न जादैँ हुनुहुन्छ।
बि सं१९२८ पुसमा भारतको कोलकत्तामा जन्मिएका ‘गेहेन्द्र शमशेर जबरा’ नेपाली शाहीसेनाका जर्नेल थिए। तत्कालीन राणाकालको तेश्रो प्रधानमन्त्री ‘महाराजा बीर शमशेर जबरा’का जेठा छोरा थिए गेहेन्द्र। उनलाई आधिकारिक रूपमै नेपालको पहिलो वैज्ञानिक भनेर चिनिन्छ।
घरमै अङ्ग्रेजी प्रशिक्षकसँग केहि कुरा सिकेका गेहेन्द्रले नेपालको पहिलो विध्यालय दरबार हाइ स्कुलमा पढ्न थाले। त्यहाँ पढ्ने क्रममा उनको रचनात्मकता, बोल्ने कला अनि गीतसङ्गीतमा रुची अनि खेलकुदमा रुची देखेर सबैजना छक्क पर्थे। दुनियाका नामी वैज्ञानिकहरू जस्तै उनले पनि अरूको कामको प्रशंसा गर्नेभन्दा बढि आफैले नयाँ र नवीन कुराहरूको रचना गर्ने गर्थे।

बि सं १९४२ मा उनको पिता प्रधानमन्त्री भएपछि उनलाई सानै उमेरमा नेपाली सेनाको हातहतियारको मुखिया बनाइदिएका थिए, जसले गर्दा उनले सुनौलो अवसर चाख्न पाए। उनले यस अवसरको सही सदुपयोग गरी नेपालको हातहतियारको क्षेत्रमा थुप्रै योगदान दिए।
उनले सेनाहरूको लागि चाहिने सरसामान तथा हात हतियारहरूलाई विदेशबाट आयात गर्नुको सट्टा यहिँको श्रोतलाई प्रयोग गरेर यहिँ नै निर्माण गर्ने गर्थे।

उनले त्यतिबेला पनि जमल, सुन्दरीजल, बालाजु तथा भोजपुरको मेघचन भन्ने ठाउँहरूमा नेपालकै पहिलो लघु जलविध्यूत, पानीघट्टाबाट चल्ने चामल कुट्ने मिल, हावाबाट चल्ने पानी तान्ने मोटर जस्ता थुप्रै आविष्कारहरू गरेका थिए।

बि सं १९६५ मा उनले ब्रिटेनबाट फोर्ड कम्पनीको कार आयात गरेर त्यसको हरेक पार्टपुर्जाको अध्ययन गरे, आफैले बनाउनको लागि । उनले त्यस कारको पुरै पार्टपुर्जा फुकाले र फेरि जस्ताको तस्तै गरेर जोडिदिए। साथै उनले आफ्नै कार पनि बनाएका थिए। उनले त्यो कार तत्कालीन राजा पृथ्वी बीरबिक्रम शाहदेवलाई उपहार दिएका थिए। साथै उनका थुप्रै आविष्कारहरु चर्चामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*