राष्ट्रिय बन फाड्न नेपाली सेना क्याम्प बनाउदै
बारा / नेपाली सेनाले आजदेखि फास्ट ट्रयाकको निमार्ण कार्य शुरु गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको फास्ट ट्रयाकको निमार्ण कार्य शुरु गर्न आजदेखि नेपाली सेना खेटिएको छ ।
फास्ट ट्रयाकको काम दु्रत गतिमा अघि बढाउन नेपाली सेनाले बिभिन्न स्थानमा क्याम्प स्थापना गर्ने तयारी गरेको छ । तयारी स्वरुप नेपाली सेनाले आज बाराको बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रबाट रुख काट्न शुरु गरेको छ । फास्ट ट्रयाक भित्र पर्ने बिभिन्न राष्ट्रिय बन क्षेत्रभित्र क्याम्प स्थापना गर्ने सेनाले जनाएको छ ।
