समाचार

दुई हजार स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

काठमाडौँ, ११ मंसिर (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मतदान सम्पन्न ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा...

मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

त्रिशूली, नुवाकोट, १० मंसिर (रासस) : मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो ।...

गोली हानाहान भएपछि मालकोटमा शुन्य मतदान !

कालिकोट, १० मंसिर । कालिकोटको मालकोटमा गोली हानाहान हुन थालेपछि निर्वाचन टोली दिउसै फर्केको छ । मालकोटको सल्लारुख गाउँ नजिकै राखिएको बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितको सुरक्षाकर्मी टोली दिउसो तीन बजे नै फर्केको बताइएको छ । दिउसो तीन बजेसम्म कुर्दा पनि मतदान गर्न कोही नआएपछि मतदान केन्द्रमा...

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ : आयोग

काठमाडौँ, १० मंसिर रासस : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आज मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज सम्पन्न निर्वाचन’बारे जानकारी दिने उद्देश्यले आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन...

त्यसपछि हेर्नुहोस् मकवानपुरको विकास : बानियाँ

मकवानपुर, १० मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को २ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराएर मकवानपुरको विकास हेर्न अनुरोध गरेका छन् । आईतबार मनहरी गाउँपालिकाको लोथरमा भएको कोणसभामा उनले पटक पटक जितेर गएका कम्युनिष्टले विकासको नाममा...

जोखिममा रहेका बालबालिकाको संरक्षण

मकवानपुर । युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज मकवानपुरले सञ्चालन गरेको घटना व्यवस्थापन कार्य प्रभावकारी बनेको पाइएको छ । जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई संरक्षणका लागि आवश्यक सहयोग गर्न मकवानपुरको साविकका विभिन्न १५ वटा गाविसमा परियोजना सञ्चालित छ । मकवानपुरको साविकका गाविस राइगाउँ, बेतिनी, धियाल, फापरबारी, शिखरपुर, आमभञ्ज्याङ्, नामटार,...

नयाँ शक्तिका संयोजक लामिछाने एमालेमा

मकवानपुर, १० मंसिर । नयाँ शक्ति मकवानपुरका संयोजक तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछाने नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमालेको पार्टी कार्यालयमा भएको एक कार्यक्रममा लामिछाने एमाले प्रवेश गरेका हुन् । एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले लामिछानेलाई एमाले प्रवेश गराएकी हुन् । एमाले...

पूर्वगृहराज्यमन्त्री बानियाँलाई टार्गेट गर्दै एकैदिन तीन ठाउँमा बम बिस्फोट

मकवानपुर, ९ मंसिर / पश्चिम मकवानपुरको मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउ“सो करिब ४ बजे बम विस्फोट भएको छ । मनहरी बजारमा रहेको प्रतीक्षालयमा विष्फोट भएको हो । टाइम सेट गरेर राखिएको सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको तर प्रतीक्षालयमा क्षति भएको छ...

तु खबरका कार्यकारी सम्पादक घलानलाई पितृशोक

मकवानपुर, ०९ मंसिर । तु खबर डट कमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पितृशोक परेको छ । अचानक विरामी भई उपचारका लागि चुरे हिल अस्पताल हेटौंडा ल्याइएका कार्यकारी सम्पादक घलानका ९४ बर्षीय बुबा मानबीर घलानलाई अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालमा परिक्षण गर्दा उनको मुटुको चाल थिएन । घलानको...

एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम निष्क्रिय

सुरुङ्गा, झापा, ९ मंसिर – रासस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो । यसअघि ओलीको घरमा...