नागरिक बडापत्र के हो ? ६३ प्रतिशतलाई थाहा छैन

तु खबर संवाददाता
२०७४ मंसिर २६, मंगलवार १३:४८

काठमाडौँ, २६ मंसिर।
राष्ट्रिय सतर्कता केन्द्रले संखुवासभा जिल्लामा गरेको सेवाग्राही सर्वेक्षणमा ६३ प्रतिशत जनताले नागरिक बडापत्रका विषयमा केही थाहा नभएको बताएका छन् ।

केन्द्रले हालै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयलगायतमा सेवा लिन आएकाहरुसँग गरेको सर्वेक्षणका क्रममा यस्तो परिणाम भएको प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिएका छनु । ।

कार्यालयले नागरिक बडापत्र, सेवा प्रवाहको दस्तुर तथा समयलगायत सार्वजनिक गर्नुपर्ने सूचना प्रवाहमा कमजोरी गरेको देखिएको छ । कार्यालयको एउटा कुनामा देखाउनकै लागि मात्र नागरिक बडापत्र राख्ने, मेटिन लाग्दा पनि परिवर्तन नगर्ने तथा पढ्न नजान्नेका लागि नागरिक बडापत्रमा उल्लेख भएका विषय बुझाउने कुनै तरिका नअपनाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले तयार पारेको लिखित प्रश्नोत्तरका आधारमा जिल्ला कार्यालयमा सेवा लिन आएका ५४ सेवाग्राहीमा गरिएको सर्वेक्षणमा तिनले सेवाको दस्तुर र सेवा प्राप्त गर्न लाग्ने समयका विषयमा केही थाहा नभएको राससले जानकारी दिएको छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*