रअको घेराबन्दीबाट यसरी फुत्किए प्रचण्ड

तु खबर संवाददाता
२०७४ पुष १, शनिबार २०:०९

काठमाडौं ।

जनयुद्धलाई शान्ति प्रक्रियामार्फत राजनीतिक मूलधारमा आएको तत्कालिन नेकपा माओवादीका अध्यक्ष लामो समय रअको घेराबन्दीमा रहेको लाजिम्पाट निवासमा आठ वर्षभन्दा लामो समय गुम्सिएर बल्ल फुत्किन सफल भएका छन् । हालको पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लाजिम्पाटको महल छोड्नुपर्ने दवाव कार्यकर्ताहरुले राजधानीको भृकुटीमण्डपमा बसेको प्लेनमदेखि नै उठेको थियो । तत्कालिन एमाओवादी विभाजन हुनुअघि देखि नै पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाट रअको घेराबन्दी रहेको भन्दै तत्काल उक्त भवनबाट अन्यत्र सर्नुपर्ने दवाव कार्यकर्ताहरुले दिँदै आएको भएपनि प्रचण्डले कानमा तेल हालेका थिएनन् ।
एमालेसँग सहकार्य गरी वाम गठबन्धन बनाएर निर्वाचनमा होमिदा राम्रो लाभ प्राप्त गरेपछि प्रचण्डले लाजिम्पाट निवास परित्याग गरेका छन । यसलाई छोरा प्रकाशको सम्झनाबाट टाढा रहन सरेको भनिएपछि रअको घेराबन्दीबाट प्रचण्ड फुत्किन सफल भएको रुपमा समेत हेरिएको छ । लाजिम्पाटस्थित प्रचण्ड निवासलाई काठमाडौंस्थित भारतीय दुताबासले विभिन्न कोणबाट घेराबन्दी राख्दै उपकरणद्वारा निगरानी गर्दै आएको विश्वास गरिएको छ ।

भारतीय घेराबन्दीमा रहेको लाजिम्पाट निवास परित्याग गर्दै माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । केही सञ्चार माध्यमहरुले खुमलटारमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल नजिकै बसाई सरेको भन्दै चर्चा परिचर्चा गरेको भएपनि वास्तविक कुरा भने रअको घेराबन्दीबाट मुक्त हुन सफल भएको भन्दै कार्यकर्ताका बीचमा चर्चा चल्न थालेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान लाजिम्पाटमै भेटघाटमा व्यस्त थिए । दिउँसो माइतीघरमा केपी ओलीसँग भेटघाट गरेपछि उनी खुमलटारस्थित नयाँ निवासमा पुगेका थिए । प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् ।
भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । नयाँबजारमा केही समय प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरेका थिए । प्रचण्डलाई लाजिम्पाटमा बसोबासको व्यवस्था गर्न समेत भित्री रुपमा व्यापारी अजेय सुमार्गीमार्फत भारतीय डिजाइन रहेको तथ्य आम जनताको बीचमा स्थापित हुन पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*