दुर्घटनामा मृत्यु

तु खबर संवाददाता
२०७४ पुष १, शनिबार ०९:०१

बर्दिवास, १ पुस पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको हो ।

पोखरेल आफैँले बा ३६ प २४७९ नंको मोटरसाइकल चलाएका थिए । सो दुर्घटनामा परी अन्य दुई जना घाइते भएको र उनीहरुलाई बर्दिवासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*