समाचार
चार समूहबिचको पर्यटन र सवारी साधनका विषयमा अभिमुखिकरण
काठमाडौं, १८ पुस । नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, पर्यटक सवारी चालक र पर्यटनसँग सरोकारवाला निकायबीच पर्यटन र सवारी साधनका विषयमा पर्यटन बोर्ड भृकुटीमण्डपमा मंगलबार अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटन व्यवसाय विस्तार र विकास गरी...
ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च
बनियानी, झापा, १८ पुस (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल...
राष्ट्रपतिबाट प्राज्ञ र कवि पुरस्कृत
काठमाडौँ, १८ पुस (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला...
मकवानपुरको प्रदेश राजधानी भक्तपुरको ठिमी (सात वटै प्रदेशको प्रस्तावित प्रदेश राजधानीको नामावली)
मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउने सपना तुहिएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको सात वटै प्रदेशको अस्थायी प्रदेशराजधानीका रुपमा प्रस्तावित शहरहरुका नाममा हेटौँडा नपरेपछि यो सपना तुहिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका...
प्रहरी र विद्यार्थी झडप : अखिल उपाध्यक्ष र महासचिव घाइते
काठमाडौँ, १८ पुस : प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप...
बारामा चुनावी खर्च क–कस्ले बुझाए ? अधिकाँश उम्मेदवार आकाकानि गर्दै
प्रदिप गौतम बारा १८ पुस । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण बुझाउन बारामा उम्मेदवारहरुले अटेरी गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम शार्वजनीक भएको झन्डै १ महिना पुग्नै लाग्दा समेत बारामा जम्मा ४ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४...
मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति यस्तो छ ,क–कस्ले जिते सम्पूर्ण नामावली सहित
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको मतगणना भर्खरै सम्पन्न भएको छ । मतगणना सकिएसंगै मउवा संघले नयाँ कार्यसमिति समेत पाएको छ । अध्यक्ष पदको लागि महेन्द्र राउतलाई १ सय ८८ मतअन्तरले पराजित गर्दै कृष्णकुमार कटुवालले चुनाव जितेका छन् । कटुवाललाई १ हजार २६ मत प्राप्त भएको थियो...
मकवानपुरको चित्लाङमा स्थानीयको सहकार्यमा २ किलोमिटर बाटो
–मञ्जरी बलामी मकवानपुर, १८ पुस । उत्तरी मकवानपुरको थाहानगरपालिका वडा नं १० को चित्लाङ कलाटुमा स्थानियको सहकार्यमा २ किलोमिटर सडक खनिएको छ । सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि विकास निर्माणको कार्य सुरु गदै कलाटुवासीले उदाहरणिय कार्य गरेका छन् । आवतजावतमा समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको...
बकैयामा दाहालसँग लालपुर्जा माग
हेटौडा, १८ पुस । बकैया गाउँपालिका वडा नम्बर २ का नागरिकले प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल र प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीसँग लालपुर्जा माग गरेका छन् । उनीहरुले आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका हुन् । मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा...
कांग्रेसभित्रका दुई गुटबीच सल्किदै भुसको आगो
काठमाडौं । कांग्रेसभित्रका दुई गुट तत्काल वा हिजोआज मात्रै देखिएको होइन । कांग्रेस स्थापनादेखि विपी वा सुवर्ण सम्शेर भन्ने दुई धार थिए भने पञ्चायतकालमा पनि कांग्रेसभित्र गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाबीचको द्वन्द आम कांग्रेसीजनलाई थाहा भएकै कुरा हो । झन्, घिनलाग्दो बहुदलिय शासन व्यवस्थाको उत्तराद्र्धमा नेपाली कांग्रेस विभाजन...










