समाचार

नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश : डा कोइराला

विराटनगर, १९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र काँग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका...

रसुवा जिल्ला अस्पताल अब अत्याधुनिक भवनमा

धुन्चे, रसुवा, १९ पुस । २०७२ सालकोे भूकम्पले क्षतिग्रत भई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अब अत्याधुनिक भवनबाट सञ्चालन हुने भएको छ । नवनिर्मित सेमी परमानेन्ट भवनबाट सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ । क्यानेडियन रेडक्रशको सहयोगमा...

बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित

गुलरिया, बर्दिया, १९ पुस । बर्दियासहित पश्चिम नेपालका जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्यांग्रिने जाडो बढेको छ । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बर्दियाकोे जनजीवन प्रभावित भएको छ । हुस्सुका कारण धेरै भागमा केही दिनदेखि घाम देखिन सकेको छैन । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र...

मकवानपुरेको लागि प्रदेश राजधानी ‘आयो आयो फुस्सा’

मकवानपुर, १९ पुस । मकवानपुरे नागरिकले ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा हुने आसा राखेका थिए । प्रदेशको राजधानी बनाउनका लागि यहाँ नागरिक दबाब समूह पनि सक्रिय छ । तर, सरकारले हिजोमात्र प्रस्ताव गरेको प्रदेश राजधानीमा ३ नम्बर प्रदेश राजधानी भक्तपुर उल्लेख छ । अब त्यसो भए मकवानपुर प्रदेशको...

प्रतिनिधिसभामा आकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी

काठमाडौँ, १९ पुस (रासस) : व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र...

लयमा फर्कदै पूँजी बजार

काठमाडौँ, १८ पुस (रासस) : लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ...

 पुनःस्थापनाको माग गर्दै सामाजिक परिचालक

काठमाडौँ । १८ पुस (रासस) : नेपालभर सामाजिक परिचालक कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवाबाट हटाइको भन्दै पुनःस्थापनाका लागि माग गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी संघका अध्यक्ष सारिका राईले बिनाकारण आफूहरुलाई राज्यमन्त्रीस्तरीय निर्णयले हटाएको भन्दै जागिरमा पुनःस्थापनाका लागि माग गर्नुभयो ।...

संसद् सचिवालय: लिलामी प्रक्रियामा रहेका गाडीहरू समेत कागजमा मर्मत

संसद् सचिवालयका कर्मचारीले वर्षौंदेखि थन्किएका मात्र नभई लिलामी प्रक्रियामा रहेका गाडीहरू समेत कागजमा मर्मत गरेको देखाएर रकम निकाल्ने गरेका छन् ।

२ करोड खाएर वडा सचिव वेखबर

गोरखा, १८ पुस (रासस) : गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीको नाउँमा दुई करोड रुपैँयाभन्दा बढी रकम बेरुजु देखिएको छ । गाविसको नाउँमा रहेको बैंक खाताबाट रकम झिकेको भए पनि दर्जीले सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको देखिएको हो । आव २०७२/७३ र २०७३/७४ मा...

चलचित्र जीरोमा कसरी पुड्को बने शाहरुख खान ?

मुम्बई । शाहरुख खान आफ्नो आगामी चलचित्र ‘जीरो’ मा एक पुड्को व्यक्तिको भूमिका निभाउँदैछन् । यस फिल्मको टिजर लञ्चमा शाहरुखले यो भूमिका रच्नका लागि निकै एडभान्स्ड भिजुअल इफेक्टको प्रयोग गरिएको छ । यसलाई बनाउन मात्र दुई वर्ष समय लागेको थियो । निर्देशक आनन्द एल रायको यस चलचित्रमा विभिन्न प्रकारको...