समाचार
नारीहरु फुक्ने ठाउँमा फुक्नुपर्छ, सुक्ने ठाउँमा सुक्नुपर्छ : उज्जु डार्लिङ
-प्रस्तुति : चन्द्र घलान ‘नारीहरु फुक्ने ठाउँमा फुक्नुपर्छ, सुक्ने ठाउँमा सुक्नुपर्छ ’ कार्यक्रममा अर्धनारी बन्ने गरेका भण्डारीलाई नारीको सबैभन्दा मनपर्ने अंगका बारेमा पनि रमाईलो कुरा हामीले खोतल्ने प्रयास हामीले गरेका थियौँ । अरु प्रश्नमा समेत रमाईलो र ठट्यौली किसिमका जवाफ दिएका उनले यसमा पनि खुलेरै भने–‘जुन अंग राम्रो र...
नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी, सिलवाल भने मलेसियामा
काठमाडौँ, १८ पुस । नवनिर्वाचित साँसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ । आफूलाई पक्राउ गर्न पूर्जी जारी हुने सूचना पाएपछि सिलवाल विहानैदेखि फरार रहेको स्रोतले उल्लेख गरेको छ । आइजीपी बढुवा सम्बन्धी मुद्धामा कार्यसम्पादन मुल्यांकन किर्ते गरेको प्रमाणित भएपछि उनीमाथि...
पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए
जलालाबाद (अफगानिस्तान), १८ पुस (रासस/सिन्ह्वा) : पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् । आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताउनु भएको छ...
चीनमा नयाँ बर्षमा दुई हजार आगलागीका घटना, १५ जनाको मृत्यु
बेइजिङ, चीन, १८ पुस (रासस/सिन्ह्वा) : चीनमा नयाँ बर्ष मनाउने क्रममा तीन दिनमा दुई हजार ६१ आगलागीका घटना भएका र त्यसमा परी १५ जनाको मृत्यु भएको अग्नी नियन्त्रण अधिकारीले मङ्गलबार जनाएका छन् । चीनमा नयाँ बर्ष मनाउन शनिबारदेखि तीन दिनको विदा दिइएको थियो । आगलागीका कारण २० लाख ८७...
निर्वाचनमा हराउने अन्तर्घाती खोज्न माओवादीले बनायो समिति, को को पर्लान् अन्तरघात गर्ने लिस्टमा
काठमाडौँ, १८ पुस । आज बसेको माओवादी केन्द्रको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न ठाउँमा माओवादी केन्द्रका उम्मेदवार...
नवनिर्वाचित कटुवालद्धारा सपथ ग्रहण , के के भने सपथ ग्रहणमा ?
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदमा विजयी भएका कृष्ण कुमार कटुवालले आज सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण सभालाई सम्वोधन गर्दै कटुवालले आफुले व्यवसायीको विस्वासलाई नतोड्ने बताएका छन् । व्यवसायीले आफुप्रतिको विस्वासका कारण आफुलाई चुनेको बताउदैं उनले अब थप व्यवसायीको हितका लागि काम...
माओवादी केन्द्रको बैठकमा यस्तो भयो निर्णय, एमाले अध्यक्ष ओली अस्वस्थ भएकाले एकता लम्बियो
काठमाडौँ, १८ पुस (रासस) : नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,...
नारायणी यातायातको निर्वाचन : हिरालाल श्रेष्ठ भर्सेस गोकर्ण पराजुली
मकवानपुर । यातायात व्यवसायी सम्मिलित देशकै ठूलो सस्था नारायणी यातायात व्यवसायी संघको आसन्न निर्वाचनमा दुई पूर्व अध्यक्षहरुको घमासान पर्ने देखिएको छ । पूर्व अध्यक्ष गोकर्णप्रसाद पराजुलीले आफ्नो प्यानल घोषणा गरेपछि आज अर्का पूर्व अध्यक्ष हिरालाल श्रेष्ठले पनि निर्वाचनमा प्यानल घोषणा गरेका छन् । नारायणी यातायातमा लामो समय संघ हाँकेका...
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच छलफल
काठमाडौँ, १८ पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा...
नारायणी यातायातमा अध्यक्षका लागि हिरालालको उम्मेदवारी घोषणा (प्यानल सहित)
मकवानपुर, १८ पुस । नारायणी यातायात व्यवसायी संघको आगामि कार्यकालको लागि हेटौँडाका चर्चित व्यापारी व्यवसायी हिरालाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलन मार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा किरण कटुवाल,उपाध्यक्षमा विष्णु बिडारी, महासचिवमा सरोजकुमार खनाल, कोषाध्यक्षमा राजेश खड्गी, सचिवमा...









