समाचार

कालीगण्डकी करिडोरको पर्वतखण्डमा दुईवटा पुल निर्माण शुरु

फलेवास, पर्वत, १९ पुस । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो । प्रदेशसभा सदस्य विकास लम्सालले हिजो एकैदिन दुईवटै स्थानमा पुल...

गोलभेडा खेतीबाट वार्षिक २ लाख कमाई

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १३ फुलासी हर्रेका स्थानीय धुव्रबहादुर अधिकारीले गोलभेडा खेतीबाट वार्षिक २ लाखभन्दा बढि आम्दानी गरिरहेका छन् । कामको खोजीमा राजधानी काठमाडौं लगायत भारतका विभिन्न सहरमा डुलेका उनी आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोँचका साथ गोलभेडा खेतीको सुरुवात गरेको बताउँछन् । सुरुमा जिल्ला...

लोप हुँदै आरन व्यवसाय

रामपुर, पाल्पा, १९ पुस । गाउँघरमा आरन व्यवसायबाट राम्रै जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुख्र्यौली पेशा अहिले हराउँदै गएको छ । युवा पुस्ताले चासो नदिँदा तथा गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको आरन व्यवसाय लोप हँुदै गएको छ । रामपुर नगरपालिका–५ सुन्दरटोलका ६० वर्षीय इन्द्रबहादुर...

‘महिनामा एकदिन ट्राफिक व्यवस्थापनलाई’

रत्ननगर, , १९ पुस । चालक होस् या बटुवा, बढी दुर्घटना दुबै पक्षको लापरबाहीका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएकाले चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदायसँग मिलेर ट्राफिक व्यवस्थापन शुरु गरेको छ । समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी...

खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु

भक्तपुर, १९ पुस । चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पु¥याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा...

घर बनाउन अनुरोध गर्दै सचिवालय प्रमुख गाउँमा

चरिकोट, १९ पुस । लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले जनतालाई छिटोछिटो स्थायी आवास (घर) निर्माण गर्न अनुरोध गर्नुभएको छ । दोलखाका विभिन्न गाउँमा पुगेर आचार्यले हालै जनतासँग भलाकुसारी गर्दै सरकारले तोकेको...

मोतियाफाँटाका सुकुम्वासी कष्टकर जीवन बिताउन बाध्य

कञ्चनपुर, १९ पुस । पुनर्वास नगरपालिका–८ मोतियाफाँटाका सुकुम्वासी परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । करिब डेढ बिगाहा क्षेत्रफलमा १७६ घरधुरी सुकुम्वासी परिवार बसोबास गर्दै आएको मोतियाफाँटामा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा पुग्न सकेका छैनन् । गणतन्त्र आएर जनप्रतिनिधि चुनिएर कार्य क्षेत्रमा खटिँदासमेत पुरानै अवस्थामा बाँच्नु परेको...

एउटै वडाका दुईजना महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, १९ पुस । यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस...

सिन्धुपाल्चोकमा आवास निर्माणमा तीव्रता

चौतारा, १९ पुस । भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ । सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् । भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन...

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्यामा वृद्धि

तेह्रथुम, १९ पुस । तेह्रथुममा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ । घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो । जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो ।...