समाचार
तनहुको मतपत्र र मिचुल्का, धनुषाको समाचार झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ, १९ पुस (रासस) : सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश (क) मा...
भूकम्पपछि जोखिममा रहेका ४ सय वालवालिकालाई सहयोग
मकवानपुर / विनासकारी भूकम्पपछि विभिन्न कारण जोखिममा रहेका मकवानपुरका एक हजार ४ सय ३५ जना बालबालिकालाई आर्थिक तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न सहयोग प्रदान गरिएको छ । सन् २०१५ जुलाई देखि २०१७ डिसेम्बरसम्म युनिसेफ नेपालको सहयोगमा जिल्ला बालकल्याण समिति मकवानपुरले १०३८ र बाल कल्याण समाज मकवानपुरले ३ सय ९७ जना...
खोला खन्दा जिम्मेवार हुनुपर्ने धारणा
मकवानपुर / मकवानपुरमा खोला उत्खनन् गर्दा सबैपक्ष जवाफदेही र जिम्मेवारभएर मात्र गरिनुपर्ने आज हेटौडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मकवानपुरका खोला उत्खनन्का बिषयमा गरिएको सर्बपक्षिय छलफलका क्रममा खोलामा अबैध रुपमा उत्खनन् नगरिकन यसलाई व्यवस्थित बनाउनुपर्नेमा सबैले सुझाब दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय...
‘मकवानपुर प्रहरीले बिनाकारण कुटपिट गरेर पक्रेर लग्यो’–नेकपा
मकवानपुर, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले प्रहरीले बिना कारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै बिरोध जनाएको छ । नेकपा मकवानुर जिल्ला ईन्चार्ज बिरबहादुर घलान ज्वाला र सेक्रेटरी रामबहादुर घलान अनुरागद्धारा आज जारी बिज्ञप्तिमा पौष १७ गते दिउंसो बाटोमा हिंडिरहेका बेला पार्टी जिल्ला सदस्य भक्त माझीलाई बिना कारण...
मकवानपुरमा जोखिममा रहेका १,४३५ जना बालबालिकालाई सहयोग
मकवानपुर, १९ पुस । विनासकारी भूकम्पपछि विभिन्न कारण जोखिममा रहेका मकवानपुरका एक हजार ४ सय ३५ जना बालबालिकालाई आर्थिक तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न सहयोग प्रदान गरिएको छ । सन् २०१५ जुलाई देखि २०१७ डिसेम्बरसम्म युनिसेफ नेपालको सहयोगमा जिल्ला बालकल्याण समिति मकवानपुरले १०३८ र बाल कल्याण समाज मकवानपुरले ३ सय...
स्वयंसेवा गर्न हङ्कङका विद्यार्थी काभ्रेमा
धुलिखेल, १९ पुस । युनिभर्सिटी अफ हङ्कङका विद्यार्थीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा स्वयंमसेवा गरिरहेका छन् । ‘सर्भिस ट्रिप टु नेपाल’ नाम दिएर पुस १४ गते विद्यालयमा पुगेका २३ जना विद्यार्थीले पुस २० गतेसम्म बसेर स्वमंसेवा गर्ने भएको विद्यालयले जनाएको छ । “हङ्कङका विद्यार्थी आएर हालसम्म सरसफाइ,...
आगामी मनसुनसम्म ६० प्रतिशत घर निर्माण गरिने : प्रमुख भुसाल
गुल्मी, १९ पुस । भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताउनुभएको छ । सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनःनिर्माणले पनि गति लिएको उहाँले बताउनुभयो । भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत...
सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा
काठमाडौँ, १८ पुस । राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठ्यारो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ । पहिले राष्ट्रियसभाको निर्वाचन कि प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम भन्ने प्रमुख दलबीचको मतभेदका बीच निर्वाचन आयोगले यस बारेको संवैधानिक व्यवस्थाका बारेमा...
प्रदेशको राजधानी अन्तै तोकेको भन्दै डोटी र धनकुटा बन्द आह्वान
डोटी । सरकारले तत्कालको लागी अस्थायी राजधानी प्रस्ताव गरेपछि आजबाट ७ नम्बर प्रदेशको राजधानी डोटीलाई बनाउनु पर्ने माग राख्दै आन्दोलन सुरु भएको छ । सरकारले धनगढीलाई ७ नम्बर प्रदेशको राजधानी तोकेको थियो । त्यसका विरुद्ध आजबाट अनिश्चितकालिन डोटी बन्दको आयोजना गरेको छ । डोटीको दीपायलमा बसेको संघर्ष समितिको बैठकले...
नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा
काठमाडौँ, १९ पुस । लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सहकार्य गरेर आजदेखि उक्त स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो । सेवा केन्द्र शुरुवात्सँगै...









