समाचार
मकवानपुरे मारवाडी युवाहरुले मनाए ‘मारवाडी युवा दिवस’
मकवानपुर, २० पुस । हरेक वर्ष जनवरी ३ का दिन मनाइदै आइएको मारवाडी युवा दिवस बुधबार हेटौंडामा पनि मनाइएको छ । मारवाडी युवा मञ्च हेटौंडाले हेटौंडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा खाद्यान्न वितरण गरी दिवस मनाएको हो । आश्रममा चामल, दाल, पीठो, आलु, मसलालगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।...
प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल, के आउँछ निर्णय ?
काठमाडौँ, २० पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने...
मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो
मनाङ, २० पुस । मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा...
संकटमा गन्धर्व, अन्य पेशा अंगाल्न बाध्य
-नारायणी रजौरे तुलसीपुर, दाङ, २० पुस । परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा संकटमा परेको छ । बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेशा छाडेर अरु पेशा अंगाल्न बाध्य भएको उनीहरु...
नेपालका गौरव अमेरिकामा
-श्याम रिमाल काठमाडौँ, २० पुस । नेपालका गौरव सिटौला अमेरिकामा गीतसङ्गीत क्षेत्रमा जमेका छन् । उनी आफैँ गीत लेख्छन् र अमेरिकाका ठूलाठूला स्टेजमा प्रस्तुत गर्छन् । तीस नकटेका यी हाँडीगाउँले केटा नेपालका अल्का स्कुल विशालनगर, वृहस्पति विद्या सदन नक्साल र वाग्मती बोर्डिङ स्कुल सुकेधारामा छँदै गीतसङ्गीतमा भाग लिन्थे ।...
दिनभरि बल्छन् तराईका सडक बत्ती
काठमाडौंँ २० पुस । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो । तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती...
वेद विद्याश्रममा हरीबिजोक ,एउटै कोठामा ४ वटा कक्षा संचालन
काठमाडौँ, २० पुस । बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको राससले जनाएको छ । भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव भएको छ । भूकम्पपछि भत्किएका कक्षा कोठाको निर्माण हुन नसक्दा अहिले एउटै कोठामा चार कक्षा सञ्चालन भएको विद्याश्रमका संरक्षक मठाधीश स्वामी निगमानन्दले...
पुसको जाडोमा धुर्मुसले बाँडे न्यानो कपडा
महेन्द्रनगर, धनुषा, २० पुस । हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ स्थित धर्मवान टोलको दलित बस्ती र जनकपुरको कविर अनाथ बालआश्रममा कम्बल वितरण गरिएको हो । चिसोसँगै चलेको शीतलहरले कठ्यांग्रिन...
प्रदेश राजधानी तोकिएको छैन : सरकार
काठमाडौं– सरकारले प्रदेशको राजधानी नतोकेको जनाएको छ । संविधान बमोजिम प्रदेशको अस्थायी राजधानी नतोकिएको सरकारले जनाएको छ । मंगलबार सरकारले प्रदेशको कार्यसंचालनका लागि अस्थायी मुकाम प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । संविधानको धारा २८८ अनुसार प्रदेशको कार्य...
साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो
काठमाडौँ, १९ पुस (रासस) : सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ । मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको...









