समाचार
जिल्ला अस्पतालमा निःशुल्क औषधि अभाव
बेसीशहर, लमजुङ, । जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधि अभाव भएपछि बिरामी समस्यामा परेका छन् । सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । औषधि खरिदका लागि सरकारबाट वार्षिक...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
भीमदत्तनगर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ । खेलाडीको बसोबास,...
तेह्र किलो ५०० ग्राम गाँजासहित एक महिला पक्राउ
भक्तपुर, २१ पुस । भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिवार पक्राउ गरेको हो । तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित गरी...
चितवन उद्योग संघको अध्यक्षमा दुवाडी
चितवन, २१ पुस । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत बिहीबार शुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत चयन हभएका हुन् दुवाडी संघको वरिष्ठ उपाध्यक्ष थिए। यस्तै छजना उपाध्यक्ष र ११ जना...
चेपाङ विद्यार्थीलाई न्यानो कपडा सहयोग
मकवानपुर, २१ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा अवस्थित चेपाङ प्राविका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि हेटौँडा निवासी सामाजसेवी पोकराज मैनाली र पार्वती मैनालीले विद्यालयमा गई सुईटर, टोपी र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । जापानमा...
ट्र्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
लहान, २० पुस । सिरहा अर्नामा गाउँपालिका–३ मा आज ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी रहेकी छिन् । अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नं को ट्र्याक्टरले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु...
छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु
नुवाकोट, २१ पुस । नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो । हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा...
संघलाई इमान्दार र पारदर्शी नेतृत्व चाहिएको छ : अविनाश गजुरेल, सदस्य उम्मेदवार
मकवानपुर, २० पुस । आसन्न नारायणी यातायात व्यवसायी संघको निर्वाचनमा गोकर्ण प्रसाद पराजुलीको प्यानलबाट सदस्यका उम्मेदवार अविनाश गजुरेलले व्यवसायी सदस्यहरुले अवसर दिए सबैको हीतको लागि कार्य गर्ने बताएका छन् । उम्मेदवारीको सवालमा तु खबरसँग कुरा गर्दै सदस्य उम्मेदवार गजुरेलले व्यवसायीको हीतको लागि आफू र पराजुलीको टिमले कार्य गर्ने बताए...
थाहा नगरमा स्वास्थ्य बिमा गर्नेको संख्या न्यून, यस कारण कम भयो बिमा गर्नेको संख्या
–मञ्जरी बलामी मकवानपुर, २० पुस । महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न हरेक नागरिकले ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने अवधारणा अनुरुप मकवानपुरमा पनि ‘स्वास्थ्य बिमा’का दर्ता सहयोगीहरु हरेक वडाहरुमा खटिरहेका छन । हाल बिमाबारे उचित ज्ञान नहुदा न्यून प्रतिशतमात्रै बिमितहरु रहेका छन । मकवानपुर जिल्लाभर हालसम्म...
शिक्षा नीतिको बारेमा छलफल गर्न प्याब्सनको प्रदेश बैठक हेटौंडामा
मकवानपुर, २० पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) प्रदेश नम्बर ३ को चौथो नियमित बैठक शुक्रबार हेटौंडामा बस्ने भएको छ । शिक्षा आयोगले तयार पारेको शिक्षा नीतिको बारेमा बैठकमा गहन छलफल गरि बार्षिक साधारण सभा गर्न आयोजक कमिटी गठन गर्ने प्याब्सन प्रदेश नम्बर ३ का अध्यक्ष रामहरी...










