समाचार
शवदहन गृह समुदायलाई हस्तान्तरण
पोखरा, २२ पुस ।यहाँको मुख्य पानीको स्रोत मर्दीखोला क्षेत्रमा निर्मित तीन शवदहन गृह स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सिदिङ, सैंतीघट्ट र खोराको मुखमा निर्मित शवदहन गृह प्रदेशसभाका नवनिर्वाचित सदस्य रामजी बरालले शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । शवदहन गृह निर्माणका लागि उद्योग...
सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर नलगिने
सल्लेरी, सोलुखुम्बु, २२ पुस । प्रदेशसभा (ख) का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिनुभएको छ । बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलुखुम्बुलाई उज्यालो नबनाई बाहिर विद्युत् निर्यात गर्छु भन्ने सपना...
भक्तपुर–नगरकोट सडकः धुलाले थलिए बासिन्दा
–श्याम रिमाल भक्तपुर, २२ पुस । दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ । विसं २०७१ जेठमा निर्माण शुरु भएको...
स्थानीय तहलाई भूकम्प पीडितको जिम्मा दिन माग
-सञ्चिता घिमिरे ललितपुर, २२ पुस ।जननिर्वाचित प्रतिनिधिले भूकम्प प्रभावितका लागि सरकारले दिने दोस्रो किस्ताको म्याद पुस मसान्तदेखि थप्नुपर्ने बताएका छन् । लामो समयसम्म भूकम्प प्रभावित घर कसरी, कहाँ र कहिले बनाउने भन्ने अन्योलका कारण पीडितले निर्माण शुरु गर्न नै ढिलो गरेका थिए । पहिलो किस्ता लिएकामध्ये अझै कतिले शुरु...
नदी सफा राख्न निर्देशन
मलेखु, धादिङ, २२ पुस । पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित बालुवा धुने उद्योग र नदीमा हालिएको धमिलो पानीले प्रदूषण बढ्नाका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरण संरक्षणमा नोक्सानी भएकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने स्थानीय तह...
धामीको भर पर्दा चारको मृत्यु
जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो । नाथको बुधबार...
थापालाई बम हान्ने धरौटीमा रिहा
काठमाडौँ, २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा...
किस्ने सिँचाइ योजनाको काम सम्पन्न
भद्रपुर, २२ पुस । झापाको दक्षिण पश्चिम क्षेत्र लक्ष्य गरी तीन वर्ष पहिले सञ्चालन भएको किस्ने खोला सिँचाइ आयोजनाको निर्माणसम्पन्न भएको छ । विसं २०७१ मंसिरमा तत्कालीन सिँचाइ विकास सचिव माधवप्रसाद रेग्मी र सभासद् दीपक कार्कीले संयुक्त रुपमा सो आयोजनाको शिलान्यास गर्नुभएको थियो । लगभग एक हजार ४५० हेक्टर...
काठमाडौँमा डेढ महिनामा बाह्र सय टन धुलो
काठमाडौँ, २२ पुस । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २०० टन धुलो संकलन गरेको छ । गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर...
सीमा क्षेत्रमा प्रहरी एकाइ स्थापित
नुवाकोट, २२ पुस । बाहिरी जिल्लासँग सीमा जोडिएको नुवाकोटका दुई स्थानमा नेपाल प्रहरी युनिट (पोष्ट) एवं प्रहरी जाँच केन्द्र स्थापना भएको छ । अस्थायी प्रहरी युनिट स्थापनाअन्तर्गत शिवपुरी गाउँपालिका–६ समुद्रादेवीको गुर्जेभञ्ज्याङमा शुक्रबारदेखि प्रहरी एकाइ सञ्चालनमा आएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको यही पुस...









