समाचार
थाहा नगरमा जेसिज शौचालयको बिजोग
-मञ्जरी बलामी मकवानपुर, २३ पुस । उत्तरी मकवानपुरको थाहा नगरपालिका रहेको पालुङ जेसिजको शौचालयको बिजोग भएको छ । सेफ्टी ट्यांकी निर्माण गर्न नसक्दा जेसिज शौचालयको बिजोग भएको हो । राजनितिज्ञले भन्दा पनि जेसिजका युवाले सहि र असल नेतृत्व गर्न सक्छन् भनिएता पनि युवा नेतृत्वको विकासकोलागि लागी परिरहेको पालुङ जेसिजको...
भोकमरीको चपेटामा चेपाङगाउँ
–सीताराम अधिकारी मलेखु, धादिङ, २३ पुस । घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन् । चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु टिपेर पकाउनुपर्ने भएकाले गाउँवासी खान नपाएर...
खानेपानीको अभावले होटल व्यवसाय संकटमा
बैतडी, २३ पुस । खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् । विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो...
चिसोले एक बालकसहित तीन जनाको मृत्यु
लहान, २३ पुस । पछिल्लो केही दिनयता बढ्ेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस...
भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिने
पाल्पा, २३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ । उहाँले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिनुभयो । प्राधिकरणद्वारा शनिबार आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा...
स्वास्थ्य बीमाबाट सर्वसुलभ सेवा नपाएको गुनासो
–सन्तोष शर्मा बनियानी, झापा, २३ पुस । झापामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएसँगै सहज रुपमा सेवा नपाएको बिमित सेवाग्राहीले गुनासो गर्न थालेका छन् । सेवाग्राहीले तोकिएको स्वास्थ्य संस्थाबाट आफूहरुले विश्वासिलो सेवा नपाएको गुनासो गरेका हुन् । भद्रपुर–८ की अम्बिका गिरीले मेची अञ्चल अस्पतालमा स्वास्थ्य जाँच गराएपछि अस्पतालले सञ्चालन गरेको...
चिसोबाट दुई जनाको मृत्यु
राजविराज, २३ पुस । विगत चार÷पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो...
गाउँमा सडक पुग्न लागेपछि स्थानीयबासिन्दा खुशी
बाह्रबिसे, सिन्धुपाल्चोक, २३ पुस । बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा हुनुहुन्थ्यो । बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाँउमै कालोपत्रे सडक पुग्न लागेपछि अब दुःखका दिन गए भन्दै रमाउनुभयो । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल,...
मृत अवस्थामा महिला फेला परिन्
जनकपुरधाम, २२ पुस । जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेको राससले जनाएको छ । यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी...
मकवानपुरको राईगाउँमा पहिलो पटक वाईफाई
-चन्द्र घलान मकवानपुर, २२ पुस । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बाग्मती गाउँपालिका वडा नम्बर १ माझगाउँमा पहिलो पटक वाईफाई सेवा पुगेको छ । त्यहाँस्थित वडाको एकमात्र माध्यमिक विद्यालय सूर्य माध्यमिक विद्यालयमा वाईफाई जडान भएसँगै ईन्टरनेट सेवा पुगेको विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए । ईन्टरनेट सेवा प्रदान गर्नको...








