प्रदेश सदस्यको सपथ भोलि ११ बजेलाई तय
मकवानपुर । ३ नम्बर प्रदेशको राजधानी हेटौंडा कायम भएपछि भोलि हुने प्रदेश साँसदहरुको सपथको तयारी तिब्र हुँदैछ । भोलि ११ बजे क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा प्रदेशसभाका सदस्यहरुलाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउने छिन् । त्यसको लागि आवश्यक तयारीमा स्थानीय प्रशासन जुटेको छ ।
यो प्रदेशका १ सय १० जनालाई प्रदेश प्रमुखले सपथ खुवाउने कार्यक्रम छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रहरी प्रमुख एसपी विकास राज खनाललगायत सुरक्षा निकाय तथा प्रशासनका कर्मचारीहरु अहिले सपथग्रहणको आवश्याक तयारीमा जुटेका छन् । अहिले दिउसो काठमाडौँबाट प्रदेश प्रमुख कोइराला यता हेटौंडा तर्फबाट आउँदै छिन् ।
