समाचार
राप्रपा हारको कारण भन्दै कमल थापाले लगाए कांग्रेसलाई यस्तो आरोप
काठमाडौँ, २१ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजय भोग्नु पर्नाको कारणबारे समीक्षा गरेको छ । उसको वैठकको निष्कर्ष यस्तो छ। यही पुस १९ गतेदेखि आजसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गरेको यहाँ आज...
हेटौँडामा ५ जना युवक पक्राउ
मकवानपुर, २१ पुस । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न लागुऔषधसहित हेटौँडाबाट ५ जना युवालाई पक्राउ गरेको छ । बिहीबार बिहान करिब साढे ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला हे।उ।म।न।पा। १५ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा हेटौडाबाट पथलैया तर्फ जादै...
चियाको पोथ्रामा लुकेर शौच
-चन्द्रकला भण्डारी काँकडभिट्टा, २१ पुस । मुलुकले समृद्धिका रंगीन सपना बुनिरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाब गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट अझै मुक्ति पाएका छैनन् । नेपाल चिया विकास निगमअन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ सयमध्ये ३ सय मजदूर बगानकै आवासमा बसोबास...
बोक्सीको आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि मुद्दा
लहान, २१ पुस । कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाएको छ । बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र...
दम्पतीको घाँटी रेटेर हत्याको प्रयास
कञ्चनपुर, २१ पुस । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका लुहार दम्पतीको गए राति घाँटी रेटेर हत्याको प्रयास गरिएको छ । अपांगता भएका अन्जाजी ४० वर्षीय गोविन्द लुहार र उहाँकी ३५ वर्षीया श्रीमती सरस्वती लुहारको घरभित्रै घाँटी रेटेर हत्याको प्रयास गरिएको हो । दुवै घाइते बेहोस अवस्थामा घरभित्रै फेला...
रुपन्देहीमा दिनदहाडै गोली हानी युवकको हत्या
बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ । अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । उहाँको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा...
आज हेटौँडामा म्यूजिकल नाईट : चर्चित कलाकारहरुको प्रस्तुति रहने
मकवानपुर, २१ पुस । नेपालको सातै प्रदेशमा गरिने म्युजिकल नाईटको शुरुवात आज हेटौंडाबाट हुँदैछ ।नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले म्युजिकल नाईट आयोजना गर्दैछ । कार्यक्रममा कलाकारहरु आकाश अधिकारी, नायिकाहरु निरुता सिंह, श्वेता खड्का, नीता ढुङ्गाना, यशराज गराच लगाएतले नृत्य प्रस्तुत गर्नेछन् । हाँस्य कलाकारहरु जितु...
पालुङ बसपार्कको सार्वजनिक शौचालय डुङ्डुङ्ती गन्हाउने ,बस जत्रै फोहोरको थुप्रो
मकवानपुर, २१ पुस । मकवानपुरको हेटौँडा स्थित पालुङ बर्सपार्कमा रहेको शार्वजनिक शौचालय दुर्गन्धित बनेको छ । बसपार्कको शौचालय प्रयोग गर्ने सर्वसाधारणहरु नै शौचालयमा पुग्दा अत्यन्त दुर्गन्ध आउने गरेको बताउँछन् । पालुङ बसपार्कमा दामन ,पालुङ् नामटार , चित्लाङ ,भिमफेदी ,सिस्नेरी लगाएतका रुटमा चल्ने सवारी साधानको आवतजावत दैनिक हुने गर्दछ ।...
नाफामुखी बन्दै सहकारी : चर्को ब्याजदरमा ऋण लगानी
काठमाडौँ, २१ पुस । व्यापारघाटा कम गर्न सहकारी संस्थाले उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय सहकारी महासंघले आज यहाँ आयोजना गरेको दुईदिने कार्यशालाका सहभागिले सो धारणा राखेका हुन् । उक्त कार्यशालामा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताउनुभयो ।...
मिदिमखोला जलविद्युत्को कार्यालय तोडफोड
मध्यनेपाल, लमजुङ, २१ पुस । पश्चिम लमजुङको मध्यनेपालमा रहेको तीन मेगावाट मिदिमखोला जलविद्युत् आयोजनाको कार्यालय तोडफोड भएको छ । मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा बिहीबार साँझ तोडफोड भएको हो । सोही नगरपालिकाअन्तर्गत डढुवाका स्थानीयवासीले ढुंगामुढा प्रहार गरेर कार्यालय तथा कर्मचारी आवासगृहमा तोडफोड गरेको आयोजनाले जनाएको छ । केही दिनअघि उनीहरुले बा“ध...









