हेटौंडाको सडकमा हिँउदमा प्वाल अनि बर्खामा ताल , मर्मतमा कसैको ध्यानै नजाने के हो यस्तो चाल ?(फोटो फिचर)
मकवानपुर ४ माघ । मकवानपुरको सदरमुकाम हेटौंडा बजार मुलुकै सफा सहर भने पटक पटक पुरस्कृत भएको छ । तर पछिल्लो समय हेटौंडाका अधिकाँश सडकहरु धुलाम्य हुन थालेका छन् । विशेष गरी हेटौंडा बर्षपार्क वरीपरिका सडकहरु बिग्रीएका छन् तर त्यसको समयमानै मर्मत हुन नसक्दा हिँउदमा प्वाल हुने र बर्खामा त्यहि प्वालमा पानी जमेर ताल जस्तै पोखरी बन्ने गरेको छ ।

हाल हिँउदको समयमा सडकमा प्वाल देखिन्छन् अनि पहेंलै हुने गरी उडेको धुलो । जसको कारण हेटौंडावासी र अन्य सर्वसाधारणलाई निकै शास्ती हुने गरेको छ । तर बर्षौ अघिदेखि बिग्रेका सडको मर्मतमा भने चासोका साथ कसैले पनि पहल नगरीरहेको हेटौंडावासीहरुको गुनासो छ ।

नालि व्यवस्थापन फितलो
सडकमा धुलो उडनु मात्र समस्या हैन नाली व्यवस्थापन र फोहोर व्यवस्थापन पनि हेटौडाका विभिन्न स्थानमा देखिन्छन् ढल टालिएर सडक सम्म बगिरहेका नालिहरु डुङ्डङ्ती गन्हाईरहेका हुन्छन् । अझ हेटौंडा बषपार्कमा हिँउदको समयमा समेत सडकका प्वालहरुमा नाली जमेर ताल जस्तै दुर्गन्धित पोखरी जमेको देखिन्छ ।

बषपार्कमा व्यवसाय गरेर बसेका सुरेस लामाले गुनासो गर्दै भने हामिहरुले पटक पटक गुनासो गर्दापनि सम्बन्धीत सरोकारवालाहरुले त्यसमा चासो भने दिएनन् ।
समस्या बषपार्कको मात्र हैन् हेटौंडाका अन्य स्थानमा पनि यस्ता समस्याहरु छन् । जसको समाधानको लागि सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ । 

