धारिलो हतियार प्रहार गर्ने मकवानपुरका एक युवक पक्राउ, एकको खोजी हुँदै

तु खबर संवाददाता
२०७४ माघ ४, बिहीबार १९:२८

मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडा बस्ने २८ वर्षीय विरेन कुमार लोप्चनलाई धारिलो हतियार प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरको छ ।

प्रहरीले फरार मध्येका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडाका अशोक स्याङ्तानलाई पक्राउ गरेको हो । असार १ गतेका दिनमा करिब बिहान ९ बजेको समयमा लोप्चनलाई आफ्नै घर नजिक बेलडाँडा चोकमा बसि रहेको अवस्थामा वडा नम्बर १२ कै हात्तीगौँडा बस्ने वर्ष २३ को अशोक स्याङतान र वर्ष २७ को मिथुन तितुङले काम छ भनि बोलाएर धारिलो हतियारले टाउको, दायाँ कोखा र कुम समेतमा ज्यान मार्ने उद्देश्यले साँघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।

सांघातिक आक्रमपछि फरार रहेका उनीहरुलाई निरन्तर खोजतलास गर्दै जाने क्रममा मिति माघ २ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० बुद्ध चोकबाट स्याङतानलाई पक्राउ गरी ज्यान मार्ने उधोग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । साथै फरार रहेका मिथुन तितुङको खोजीकार्य तिब्र भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*