संरक्षण नभएपछि गुल्मीको सीता गुफाको यस्तो हालत 

तु खबर संवाददाता
२०७४ माघ ६, शनिबार १३:४१

गुल्मी ६ माघ । गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ ।

मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको र गुफाको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक पनि कम आउने गरेको धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका पूर्वअध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।

उक्त गुफामा विष्णु महेश्वर, सीताराम, काग, लालीगुराँस, नाग, हात्ती, पोखरीलगायतका ६१ प्रकारका विभिन्न भगवान्का चित्रण देख्न पाइन्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिको दिन गुफामा माघी मेला लाग्ने र पूजा आराधनासँगै उक्त दिन गुफाभित्र प्रवेश गराउने, अघिपछि गुफाको अवलोकन गर्न आउनेलाई भने सम्र्पक गरेर जुनबेला पनि गुफा देखाउने व्यवस्था गरिएको गुफाको अवलोकन गर्दा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहेको जानकार सतिराम कँुवरले जानकारी दिनुभयो ।

गुफालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरुले चाहेर पनि आर्थिक अभावले गर्दा नसकिएकाले गुफाको प्रत्यक्ष अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गुफाको महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नसमेत धौधौ भएको विचित्र सीतागुफा धार्मिक तथा पर्यटकीय व्यवस्थापन समिति गुल्मीका अध्यक्ष डम्मरबहादुर बोहोराले बताउनुभयो ।

पर्यटकीय तीर्थस्थल र धार्मिक महत्व बोकेको गुफाले पौँदीअमराईको प्राचीन संस्कृति सभ्यता बोकेकोसमेत गुफाका जानकार बताउँछन् ।

अघिपछिको समयमा पनि गुफाको अवलोकन गर्न आउनेको लागि समितिले सम्र्पक गरेर आउँदा जुनसुकै समयमा पनि गुफा हेर्ने प्रबन्ध मिलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*