बसामाणी जेसिजमा हरिकुमार शर्मा निर्विरोध चयन
मकवानपुर २९ पुस । बसामाणी जेसिजमा हरिकुमार शर्मा निर्विरोध चयन भएका छन्
। जेसिजको १८ औं बार्षिक साधारणसभाले शर्मालाई निर्विरोध चयन गरेको हो । सभाले कार्यकारीणी उपाध्यक्षमा विवेक वाईवा र चिराग अग्रवाललाई चयन गरेको छ । साथै उपाध्यक्षहरुमा देवेन्द्र न्यौपाने , श्याम मुडवरी ,अनिल पौडेल र राजेश अग्रवाल चयन भएको जेसिजका पुर्व उपाध्यक्ष सम्भु पराजुलीले जानकारी दिएका छन् ।
निर्वाचन अधिकृत सुनिल दाहालको सहजिकरणमा प्रतिनिधिहरु निर्विरोध चयन भएको समेत पराजुलीले जानकारी दिएका छन् ।
कार्यक्रममा जेसीजका पुर्व अध्यक्षहरु साथै नेपाली काँग्रेसका नेता अशोक साक्यको उपस्थिति रहेको थियो ।
