समाचार
गाउँमै नमूना व्यवसाय गरेका चार जनालाई यसरी गरियो सम्मान
खोटाङ, ४ माघ । लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार...
डेंगु लागेर मकवानपुरका वृद्धले गुमाए ज्यान
चितवन, ४ माघ । डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् । उनलाई मकवानपुर अस्पतालबाट उपचारका लागि पुस २० गते चितवन पठाइएको थियो...
चितवनमा सामुदायिक वनमै पर्यटन व्यवसाय, ६० लाख आम्दानी
रत्ननगर, चितवन, ४ माघ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप...
अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या
मंगलबारे, इलाम, ४ माघ । इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो । सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको...
काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा
– भीष्मराज ओझा काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत...
बडिमालिकाको खानेपानी समस्या अब सकियो,खानेपानीका पाँच ट्याङ्की निर्माण
बाजुरा, ४ माघ । बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित बन्ने भएको छ । मार्तडीको बृहत् खानेपानी उपभोक्ता समितिको...
ई प्लानेट हेटौंडा शाखाको औपचारिक सुभारम्भ आजबाट
मकवानपुर ४ माघ । मुलुकका विभिन्न स्थानमा रही शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको ई प्लानेट अस्ट्रेलिएन एजुकेशन एण्ड भिजा सर्मिसको औपचारीक सुभारम्भ आज हेटौंडामा पनि भएको छ । केहि महिना अधि हेटौंडामा पनि साखा विस्तार गरेको ई प्लानेटले आज बाट भने औपचारीक रुपमै उद्घाटन गरी कार्य संचालन गरेको...
हेटौँडालाई ३ नम्बर प्रदेश राजधानी कसले बनायो ? सामाजिक सञ्जालमा कतै स्वागत कतै झगडा
–चन्द्र घलान मकवानपुर, ४ माघ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई बनाउने निर्णयको धेरैजसो मकवानपुरवासीले स्वागत गरेका छन् । चुनावभन्दा अगाडिदेखि नै माग गर्दै आएका राजनैतिक दल र सर्वसाधारण तथा बुद्धिजीवीहरुको समूहले यसलाई सरकारको स्वागत योग्य कदम भएको जनाएको छ । निर्णयबाट खुशी हुँदै...
बकैया महोत्सव फागुन १६ गतेदेखि, ढिँडो खानेदेखि भाले छुनेसम्मको प्रतियोगिता
मकवानपुर, ४ माघ । जनघनत्वका आधारमा देशकै ठूलो बकैया गाउँपालिकामा आउँदो फागुन १६ गतेदेखि २७ गतेसम्म ‘प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४’ हुने भएको छ । बकैया गाउँपालिका वडा नम्बर ३ मा रहेको बुद्ध युवा क्लबको आयोजनामा मेला हुन लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । बकैयाको...
नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीको सातै प्रदेशमा पत्राचार
मकवानपुर । नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गरी प्रहरी मुख्यालयमा बुझाउन प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सबै प्रदेश प्रहरीलाई पत्राचार गरेको छ । प्रहरीले ७ वटै प्रदेश प्रहरी कार्यालयलाई आज पत्राचार गरेको हो । खोजतलास सम्बन्धी पत्र नयाँ पत्रिकाबाट साभार सरकारी कागजात किर्ते मुद्धाको अनुसन्धान गर्न सिलवाललाई...








