समाचार
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
काठमाडौँ, ६ माघ । नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । दलका महामन्त्री भूपेन्द्रजंग शाहीले हिजो जारी गर्नुभएको विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गर्नुभएको छ । “नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको...
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
ललितपुर, ६ माघ । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र लाइसेन्सको परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् । पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको...
पिछडिएको दलित बस्ती माघको जाडोमा राहतको प्रतीक्षा गर्दै
महोत्तरी, ६ माघ । शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांङ्ग्रिदैं गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । स्थानीय...
प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान
काठमाडौँ, ५ माघ (रासस) : नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसलगत्तै निर्वाचन आयोगले उहाँहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।...
राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ
काठमाडौँ, ५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं...
उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी
टोकियो, ५ माघ (रासस/सिन्ह्वा) : जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।...
सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु
अल तमाना, सिरिया, ५ माघ (रासस/ एएफपी) : सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ...
रकम नतिर्नेमा हेलिकप्टर कम्पनी पनि उस्तै, ५४ लाख बक्यौता
काठमाडौँ– आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् । आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पुर्याइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने...
३ नम्बर प्रदेश प्रमुख, मूख्य मन्त्री र प्रदेशसभा बस्ने भवन फाइनल
मकवानपुर । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा घोषणा गरेपछि यससँगै प्रदेश प्रमुख, मूख्य मन्त्री तथा प्रदेशसभाको बैठक कहाँ बस्छ भनेर आम सर्वसाधारणमा चासो तिब्र भएको छ । सामाजिक संजालमा पनि यसबारे बहस, छलफल भइरहेका छन् । साँच्चै कहाँ बस्ला छ प्रदेशसभाको पहिलो बैठक ? अनि प्रदेश प्रमुख...
खुशीको खबर : अब अस्थायी राजधानी नै स्थायी हुने
काठमाडौँ, ५ माघ । सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । यसबाट प्रदेशस संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । आजको नागरिक दैनिकमा यो...










