विद्यालयलाई गरियो एक लाख ८० हजार सहयोग

तु खबर संवाददाता
२०७४ माघ १४, आईतवार १०:१७

पथरी, मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ ।

ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताउनुभयो । आफूले हङकङमा विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकसँग रु एक लाख ३० हजार संकलन गरेको र ग्रुपका तर्फबाट ५० हजार थप गरी सहयोग गरिएको खापुङले बताउनुभयो ।

यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभूत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद एक लाख ७७ हजार ६०० सहयोग गरेको भीम पन्धाकले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*