समाचार

वाम गठबन्धनले टुंग्यायाे राष्ट्रिय–सभाको सिट (सूचीसहित)

एमाले–माओवादीको संयुक्त कार्यदल बैठकले राष्ट्रिय सभाको सिटसंख्यामा भागवण्डा टुंग्याएको छ । राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संबैधानिक व्यवस्था रहेको छ । जसमध्ये ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद निर्वाचित हुनेछन् । वाम गठवन्धनले ४३ सिटका लागि मात्रै भागवण्डा मिलाएका छन्...

मकवानपुरमा सबैभन्दा बढी केश दर्ता, बलात्कार तथा यौन शोषणको घटना मात्रै ९ वटा

मकवानपुर, ३ माघ । मकवानपुरमा बाल हेल्पलाइन जिल्ला समन्वय समितिको बैठक आज सम्पन्न भएको छ । बैठकमा सन् २०१७ को १२ महिनामा दर्ता भएका घटनाहरुका बारेमा समेत जानकारी दिइएको थियो । जिल्लागतरुपमा हेर्दा २२ वटा जिल्लाका केश बालहेल्पलाइनमा दर्ता भएका छन् । त्यसमा सबै भन्दा बढि मकवानपुरका ६४ बालक...

सवारी दुर्घटनामा ८ जनाको मृत्यू, १४ जना घाईते

काठमाडौं, ३ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यू हुनुका साथै १४ जना घाईते भएका छन् । काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित सडकमा अछा पब्लिकेशन एण्ड जि मिडिया प्रालिमा काम गर्ने बाराको निजगढका २८ वर्षीय दिपेशकुमार ठाकुरले चलाएको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते...

शिवम् र हेटौंडा सिमेन्ट उधोगले पुरानै मुल्य कायम नगरे संघर्षपुर्ण आन्दोलन गर्छौ :युवा संघ अध्यक्ष चौलागाई 

मकवानपुर ३ माघ । शिवम् सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगले पटक पटक गरेको मुल्य बृद्धि प्रति युवा संघ मकवानपुर र योङ कम्युनिष्ट लिग मकवानपुरले आफुहरुको  गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ । संगठनहरुले  संयुक्त रुपमा आज (बुधवार) जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाँउदै  सिमेन्ट उद्योगले अप्रत्यासीत रुपमा मुल्य...

यस कारण तोकियो हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी

मकवानपुर, ३ माघ । सरकारले बुधबार सातै वटा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुङ्गो लगाएको छ । आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार यस अघि नै अस्थायी राजधानी तोकिएर पूनः खारेज गर्ने सम्मको हल्ला चलिसकेको मकवानपुरको हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी...

हेटौँडा ३ नम्वर प्रदेशकोे अस्थायी राजधानी , ७ ओटै प्रदेशको सदरमुकाम र प्रदेश प्रमुख तोकियो

मकवानपुर, ३ माघ । सरकारले ७ वटै प्रदेशको अस्थायी सदरमुकाम र प्रदेश प्रमुख तोकेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले अस्थायी प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको हो । निर्णय अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानी बिराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को रुपन्देही,...

मकवानपुर सहकारी अस्पतालले गलत रिपोर्ट दिएपछि अस्पतालमा तनाव

मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडामा अवस्थित मकवानपुर सहकारी अस्पतालले पत्थरी भएको भन्दै गलत रिपोर्ट दिएपछि ै बिरामीका अभिभावक र अस्पतालबिच विवाद उत्पन्न भएको छ । गएको पुस २३ गते हेटौँडा–१० निवासी रामहरि खरेलका छोरा १५ वर्षीय ओम खरेललाई अस्पतालमा लगिएकोमा डाक्टर सुबास कुमार बनैताले उनको किड्नीमा पत्थरी भएको...

सवारी दुर्घटनामा २ जनाको मृत्यू

काठमाडौं, ३ माघ । मुलुकका दुई स्थानहरुमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मोरङको सुन्दरहरंैचा नगरपालिका–६ सिसौघारी स्थित भित्री सडकखण्डमा को.२ त ६००६ नम्बरको ट्याक्टरले मंगलबार सोही स्थान बस्ने टेक बहादुर राईको छोरा ३ बर्षीय क्षितिज राईलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको...

यसकारण भयो दिपक मनाङेलाई पाँच वर्ष कैद फैसला

काठमाडौँ, ३ माघ । चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला अन्तिम हुने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ । पुनरावेदनले ०६९ मा मनाङेलाई पाँच वर्ष जेल सजायको फैसला सुनाएको थियो । सो आदेशलाई अन्तिम मान्दै...

नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि

बाग्लुङ, ३ माघ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य...