मकवानपुर उद्योग वाणिज्य संघलाई एम्बुलेन्स उपहार

तु खबर संवाददाता
२०७४ माघ १२, शुक्रबार १८:४३

हेटौंडा, माघ १२ । मकवानपुर उद्योग वाणिज्य संघलाई आज एक कार्यक्रमका बीच भारत सरकारले उपहार स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुत मञ्जित सिंह पुरीले काठमाडौं स्थित दुताबासमा एक कार्यक्रमका बीच संघका अध्यक्ष कृष्ण कटुवाललाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध सदस्य तथा अन्य मकवानपुरबासीले प्रयोग गर्ने उद्देश्यले सो एम्बुलेन्स प्रदान गरेको कार्यक्रममा सहभागी मध्ये एक संघका सचिव सन्तोष अर्यालले जानकारी दिएका छन् ।

संघको आगामी माघ १७ गते हुने नियमित बैठकबाट एम्बुलेन्स व्यवस्थापन, कार्यविधि तथा प्रयोगका विषयमा छलफल गरिने र सोही अनुसार हुने जानकारी दिईएको छ । एम्बुलेन्स सञ्चालन पूर्णतयाः नाफारहित रहने संघका अध्यक्ष कटुवालले जानकारी दिएका छन् । भारतीय दुताबासले आज मकवानपुरसहित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, रेडक्रस सोसाईटी, समुदायमा आधारित समूह, सहकारी अस्पताल, सहकारी संस्थालाई समेत एम्बुलेन्स हस्तान्तरण गरेको थियो भने केही सामुदायिक विद्यालयका लागि स्कुल बस समेत प्रदान गरेको थियो । भारतको गणतन्त्र दिवस २६ जनवरीको अवसरमा सो सहयोग हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*