समाचार

प्रदेश २ मा २१ कर्मचारी मात्र उपस्थित

महेन्द्रनगर, धनुषा, २८ माघ । प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी...

प्रदेश सांसदद्धारा क्याम्पसलाई रु १५ लाख सहयोग

जितपुर, कपिलवस्तु, २८ माघ । प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले यहाँको एक क्याम्पसलाई शनिबार रु १५ लाखभन्दा बढी सहयोग गर्नुभएको छ । वाणगंगा–४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गर्नुभएको हो । सांसद...

सर्वसाधारणले पाए गाउँमै नागरिकता

भोजपुर, २८ माघ । भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका हुन् । सो शिविरबाट ८५ जनालाई नागरिकता वितरण, तीन जनालाई अपाङ्गता...

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

बागलुङ, २८ माघ । स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी...

श्रीमानले गर्यो आफ्नै श्रीमतिको खुकुरी हानि हत्या

उर्लाबारी, मोरङ, २८ माघ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।...

चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिर : ऊर्जामन्त्री थापा

भीमदत्तनगर, २८ माघ : उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताएकाको छन् । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए । आगामी १०...

सचिव यादवको मृत्युले शोकमा डुबे कपिलबस्तुबासी

कपिलवस्तु, २८ माघ । सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । त्यो बिदाइ नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो । परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको...

चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण

बेनी, म्याग्दी, २८ माघ । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा चन्दा संकलन गरेर रु ११ लाखको लागतमा क्षेत्री समाज नेपाल ज्यामरुककोटको भवन निर्माण भएको छ । ज्यामरुककोटमा रहेका क्षेत्रीहरुबाट चन्दा संकलन गरेर भवन निर्माण गरेको क्षेत्री समाज नेपाल ज्यामरुककोटका अध्यक्ष दिलवहादुर कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार न्यूनतम रु...

राधिका तामाङ प्रदेश नम्बर ३ को उपसभामुखमा निर्विरोध चयन

मकवानपुर २८ माघ । प्रदेश नंबर ३ को उपसभामुखमा नेकपा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छिन् । आईतवार मकवानपुरको हेटौंडामा रहेको प्रदेश नंबर ३ को प्रदेशसभा सचिवालयमा भएको मनोनयन दर्तामा उनी बाहेक अरुको उम्मेद्वारी नपरेपछि तामाङ स्वत निर्विरोध निर्वाचित भएकी हुन् । तर औपचारीक घोषणा भने...

किसान दुग्ध उत्पादक सहकारीमा सत्याल

हेटौँडा, २८ माघ । हेटौंडा १७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । अध्यक्षका प्रत्याशी जगन्नाथ रिमाललाई हराउँदै सत्याल विजयी भएका हुन् । रिमालले ९९ मत प्राप्त गर्दा सत्यालले १ सय ९० मत प्राप्त गरेका थिए । त्यसैगरि सहकारीको उपाध्यक्षमा हेमप्रसाद न्यौपाने...