शिवम् सिमेन्टका विरुद्ध आन्दोलनमा संलग्न ६ जना पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन ९, बुधबार १३:००
फाईल फोटो, शिवममा हुने गरेका आन्दोलन मध्येको एक, केही समय अघि भएको आन्दोलन

मकवानपुर, ९ फागुन । मकवानपुरमा संचालित शिवम् सिमेन्टले गरेको बायु तथा ध्वनी प्रदुषणको विरुद्धमा आन्दोलनमा संलग्न ६ जना स्थानीयलेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपूरका इन्सपेक्टर मधु थापाको कमान्डमा खटिएको प्रहरी टोलीले शिवम् सिमेन्ट पिडीतको आन्दोलनमा ६ जनालाई गिरफ्तार गरेको हो । दिगो वातावरण तथा संस्कृति संरक्षण मञ्चले विभिन्न माग राखी गरेको शान्तिपूर्ण आन्दोलनको समस्याको समाधान नखोजी उद्योगले प्रहरी बोलाई पक्राउ गर्न लगाएको स्थानीयले आरोप लगाएका छन् ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष गोबिन्द गौतम ,सूर्य पाख्रिन ,ताराबहादूर बिष्ट,कृष्णदेब भन्डारी होमनाथ चौलागाई लगाएतका रहेका छन् । विद्यूत चोरी काण्ड, बन काण्ड, सार्वजनिक जग्गा अधिकरण काण्डमा पटक पटक मुछिएको शिवम सिमेन्टले अहिले स्थानीय नागरीकले बाँच्न पाउनु पर्छ भनेर आवाज उठाउँदा प्रहरी लगाएर पक्रन लगाएको स्थानीयले बताएका छन् ।

यस विषयमा तु खबरसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले शिवम् सिमेन्टका विरुद्ध भएको स्थानतर्फ प्रहरी खटिएको तर बाँकी जानकारी नआइसकेको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*